प्रदेश नं १ मा ५७२ सङ्क्रमित थपिए « Khabarhub

प्रदेश नं १ मा ५७२ सङ्क्रमित थपिए


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ५७२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ९७४ जनाको पिसिआर परीक्षण गर्दा ३६४ र ७४२ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १६५, झापामा ८५, सुनसरीमा ६२, धनकुटामा १०, उदयपुरमा सात, सङ्खुवासभा र पाँचथरमा तीन/तीन, इलाम र भोजपुरमा दुई/दुई, तेह्रथुम र खोटाङमा एक/एक र प्रदेशबाहिरका २३ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १०७, बेलबारीमा १४, उर्लाबारीमा आठ, पथरीशनिश्चरेमा सात, कटहरी र सुन्दरहरैचामा छ/छ, जहदामा चार, बूढीगङ्गा र कानेपोखरीमा तीन/तीन, रतुवामाई र मिक्लाजुङमा दुई/दुई, ग्रामथान, सुनवर्षी र स्थानीय तह नखुलेका एक/एक, झापाको दमकमा १७, भद्रपुरमा १५, विर्तामोडमा १२, कनकाईमा आठ, अर्जुनधारामा सात, गौरादहमा छ, मेचीनगरमा छ, शिवसताक्षी, हल्दिबारी, कमल गाउँपालिका र स्थानीय तह नखुलेका तीन/तीन, बाहृदशीमा दुई, कचनकवलमा एकजनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै सुनसरीको धरानमा २९, इटहरीमा १६, दुहवीमा चार, बर्जुमा तीन, इनरुवा र बराहक्षेत्रमा दुई/दुई, भोक्राहानरसिंह, रामधुनी, हरिनगर, गढी, देवानगञ्ज र कोसी गाउँपालिकामा एक/एक, धनकुटाको धनकुटा नगरपालिकामा सात, पाख्रिबासमा दुई, छथरजोपाटीमा एक, उदयपुरको उदयपुरगढी, त्रियुगा, कटारी, बेलका, चौदण्डीगढीमा एक/एक र स्थानीय तह नखुलेका दुई, सङ्खुवासभाको पाँचखपन, मकालु र खाँदबारीमा एक/एकजनामा सङ्क्रमण देखिएको छ ।

पाँचथरको कुम्मायक, मिक्लाजुङ र स्थानीय तह नखुलेका एक/एक, इलामको इलाम नगरपालिका र चुलाचुलीमा एक/एक, भोजपुरको हतुवागढीमा दुई, तेह्रथुमको छथर र खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा एक/एक र प्रदेशबाहिरका २३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३८२ महिलासहित ८४५ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित दुईजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ७१७ रहेको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १० : १५ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका