प्रदेश नं १ मा ५७२ सङ्क्रमित थपिए | Khabarhub Khabarhub

प्रदेश नं १ मा ५७२ सङ्क्रमित थपिए


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ५७२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ९७४ जनाको पिसिआर परीक्षण गर्दा ३६४ र ७४२ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १६५, झापामा ८५, सुनसरीमा ६२, धनकुटामा १०, उदयपुरमा सात, सङ्खुवासभा र पाँचथरमा तीन/तीन, इलाम र भोजपुरमा दुई/दुई, तेह्रथुम र खोटाङमा एक/एक र प्रदेशबाहिरका २३ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १०७, बेलबारीमा १४, उर्लाबारीमा आठ, पथरीशनिश्चरेमा सात, कटहरी र सुन्दरहरैचामा छ/छ, जहदामा चार, बूढीगङ्गा र कानेपोखरीमा तीन/तीन, रतुवामाई र मिक्लाजुङमा दुई/दुई, ग्रामथान, सुनवर्षी र स्थानीय तह नखुलेका एक/एक, झापाको दमकमा १७, भद्रपुरमा १५, विर्तामोडमा १२, कनकाईमा आठ, अर्जुनधारामा सात, गौरादहमा छ, मेचीनगरमा छ, शिवसताक्षी, हल्दिबारी, कमल गाउँपालिका र स्थानीय तह नखुलेका तीन/तीन, बाहृदशीमा दुई, कचनकवलमा एकजनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै सुनसरीको धरानमा २९, इटहरीमा १६, दुहवीमा चार, बर्जुमा तीन, इनरुवा र बराहक्षेत्रमा दुई/दुई, भोक्राहानरसिंह, रामधुनी, हरिनगर, गढी, देवानगञ्ज र कोसी गाउँपालिकामा एक/एक, धनकुटाको धनकुटा नगरपालिकामा सात, पाख्रिबासमा दुई, छथरजोपाटीमा एक, उदयपुरको उदयपुरगढी, त्रियुगा, कटारी, बेलका, चौदण्डीगढीमा एक/एक र स्थानीय तह नखुलेका दुई, सङ्खुवासभाको पाँचखपन, मकालु र खाँदबारीमा एक/एकजनामा सङ्क्रमण देखिएको छ ।

पाँचथरको कुम्मायक, मिक्लाजुङ र स्थानीय तह नखुलेका एक/एक, इलामको इलाम नगरपालिका र चुलाचुलीमा एक/एक, भोजपुरको हतुवागढीमा दुई, तेह्रथुमको छथर र खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा एक/एक र प्रदेशबाहिरका २३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३८२ महिलासहित ८४५ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित दुईजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ७१७ रहेको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १० : १५ बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन