ठूलो परिमाणमा सुर्तिजन्य पदार्थ बरामद « Khabarhub

ठूलो परिमाणमा सुर्तिजन्य पदार्थ बरामद


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले काठमाडौँ महानगरपालिका–१६ नयाँबजार खुशिबुबाट ठूलो परिमाणमा अन्दाजी ५० लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।

माघ १४ गते रेड लेभल लगायतका विदेशी ब्राण्डका मदिराहरू राजस्व छली सम्बन्धी कसूरको अनुसन्धानका सिलसिलामा पक्राउ परेका सन्तोषचन्द्र बख्रेलले राजस्व छली गरी अन्य व्यवसाय समेत गर्ने गरेको सूचनाको आधारमा प्रहरी टोलीले सामान बरामद गरेको हो ।

भन्सार छली ल्याएका सुर्तिजन्य पदार्थ तथा खाली प्याकेटहरू, विभिन्न कस्मेटिकका सामानहरू (स्याम्पु, साबुन, क्रिम लगायत) तथा विदेशी ब्राण्डका विभिन्न चुरोटहरू बरामद गरिएको छ ।

बरामद सामान थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको र थप अनुसन्धान जारी रहेको छ ।

सुर्तिको धुलो रहेका बोराहरू १०० वटा (२५०० किलो), सुपरपावर सुर्तिका खोल रहेका बोरा २९ वटा (५८० किलो), कार्टुन १ वटा, डोभ स्याम्पु, साबुन रहेको एप्पल लेखेको ठूलो कार्टुन ९७ वटा, १० लेखेको चुरोट ६४० बन्डल रहेको ठूलो बोरा ६ वटा, लेडिज कुर्ता सुरुवाल ३० वटा लगायत बरामद गरिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ८ : ४४ बजे

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको