ठूलो परिमाणमा सुर्तिजन्य पदार्थ बरामद | Khabarhub Khabarhub

ठूलो परिमाणमा सुर्तिजन्य पदार्थ बरामद


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले काठमाडौँ महानगरपालिका–१६ नयाँबजार खुशिबुबाट ठूलो परिमाणमा अन्दाजी ५० लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।

माघ १४ गते रेड लेभल लगायतका विदेशी ब्राण्डका मदिराहरू राजस्व छली सम्बन्धी कसूरको अनुसन्धानका सिलसिलामा पक्राउ परेका सन्तोषचन्द्र बख्रेलले राजस्व छली गरी अन्य व्यवसाय समेत गर्ने गरेको सूचनाको आधारमा प्रहरी टोलीले सामान बरामद गरेको हो ।

भन्सार छली ल्याएका सुर्तिजन्य पदार्थ तथा खाली प्याकेटहरू, विभिन्न कस्मेटिकका सामानहरू (स्याम्पु, साबुन, क्रिम लगायत) तथा विदेशी ब्राण्डका विभिन्न चुरोटहरू बरामद गरिएको छ ।

बरामद सामान थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको र थप अनुसन्धान जारी रहेको छ ।

सुर्तिको धुलो रहेका बोराहरू १०० वटा (२५०० किलो), सुपरपावर सुर्तिका खोल रहेका बोरा २९ वटा (५८० किलो), कार्टुन १ वटा, डोभ स्याम्पु, साबुन रहेको एप्पल लेखेको ठूलो कार्टुन ९७ वटा, १० लेखेको चुरोट ६४० बन्डल रहेको ठूलो बोरा ६ वटा, लेडिज कुर्ता सुरुवाल ३० वटा लगायत बरामद गरिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ८ : ४४ बजे

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’

आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती

सङ्खुवासभा – दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले

कतार एयरवेजको जहाज ढाका ‘डाइभर्ट’

काठमाडौं – कतार एयरवेजको जहाजको जहाज ढाका डाइभर्ट गरिएको छ।