कैलालीमा ६५ प्रतिशतले लगाए कोरोनाविरुद्ध पूर्ण खोप | Khabarhub Khabarhub

कैलालीमा ६५ प्रतिशतले लगाए कोरोनाविरुद्ध पूर्ण खोप


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली–कैलालीमा लक्षित उमेर समूहको ६५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या भने ७१ प्रतिशत पुगेको छ । स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलालीमा कोरोनाविरुद्धको खोप लगाउने लक्षित उमेर समूह १८ वर्षमाथिको जनसङ्ख्या छ लाख ६४ हजार ६८८ रहेको छ ।

जसमध्ये चार लाख ७१ हजार ९२८ जनाले खोपको पहिलो मात्रा र चार लाख ३२ हजार जनाले खोपको पूर्ण मात्रा लगाएका जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए । ‘खोप लगाउनेको सङ्ख्या बढ्दै गएको छ । हामीले खोपका कार्यक्रम नियमितरूपमा गरिरहेका छौँ’, धामीले भने, ‘कैलाली कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेकाले पनि यहाँ नियमित खोप कार्यक्रम भइरहेका छन् । नागरिक अनिवार्य खोप लगाउनुपर्छ भन्नेमा समेत सचेत भएका छन् ।’

कैलाली जिल्लामा सोमबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पनि मोडर्ना खोप लगाउने काम सुरु गरिएको छ । जिल्लामा रहेका एक लाख २० हजार बालबालिकालाई खोप लगाइने भएको छ । बालबालिकालाई खोप लगाउन अहिले एक लाख ११ हजार डोज खोप जिल्लामा आइपुगेको र सोहीअनुसार खोप अभियान सञ्चालन गरिएको प्रमुख धामीले बताए । ‘बालबालिकाको सङ्ख्याभन्दा केही मात्रा कम खोप आएको छ । हामीले थप माग गरेका छौँ’, धामीले भने, ‘सबै बालबालिकालाई समयमै खोप लगाउन सुरु गरिएको छ ।’

कैलालीको टीकापुर नगरपालिकाले पनि आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका १७ हजार बालबालिकालाई खोप लगाउने भएको छ । १८ गतेदेखि २१ गतेसम्म नगरपालिकाका विभिन्न स्थानमा खोप केन्द्र स्थापना गरी बालबालिकालाई खोप लगाउने तयारी भइरहेको टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका सहसंयोजक कमल रावलले जानकारी दिए । ‘हरेक विद्यालय र पायक पर्ने विभिन्न स्थानमा खोप केन्द्र राखेर विद्यालय तथा समुदायमा रहेका बालबालिकालाई खोप लगाउँदैछौँ’, रावलले भने, ‘खोप लागउने भनेपछि अभिभावक र शिक्षक खुशी हुनुभएको छ । लामो समयदेखि बालबालिकालाई खोप माग गर्दै आएका अभिभावक तथा शिक्षकको मागसमेत पूरा भएको छ ।’

टीकापुर नगरपालिकामा १८ वर्षमाथिका ८१ प्रतिशत नागरिकलाई पहिलो मात्रा र ६६ प्रतिशत नागरिकलाई पूर्ण मात्रा खोप लगाइसकेको रावलले बताए । यस्तै कैलालीकै जानकी गाउँपालिकाले पनि आजदेखि २१ गतेसम्म पालिकाभित्र रहेका तीन हजार ९४५ बालबालिकालाई खोप लगाउने तयारी गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले जानकारी दिए । कोरोना महामारी समुदायमा फैलिएपछि पुसको अन्त्यबाट बन्द भएका यहाँका विद्यालय खोप लगाएपछि खुल्ने आशा सबैमा छ’, चौधरीले भने, ‘बालबालिकाको सुरक्षा र शैक्षिक गतिविधि सञ्चालनका लागि पनि खोप आवश्यक थियो । हामीले खोप आउने बित्तिकै सुरु गर्न थालेका हौँ ।’

कैलालीका सबैजसो पालिकामा यसै साताभित्रै खोप अभियान सञ्चालन हुने भएका छन् । अभिभावक खोप अभियान सञ्चालन हुन थाल्दा खुशी भएका छन् । विद्यालयले बालबालिकालाई सूचना गरी अनिवार्य खोप लगाउन आग्रह गरेका छन् । ‘लामो समयदेखि पढाइ नहुँदा बालबालिका गाउँमा सडकमा खेलिरहेका हुन्थे, केही बालबालिका टेलिभिजन र मोबाइलमा ब्यस्त रहन्थे’, शिक्षक पूर्ण विक भन्छन्, ‘खोपपछि विद्यालय नियमित भएमा बालबालिकाको शैक्षिक विकासमा असर पर्दैन ।’

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  १२ : १५ बजे

श्रीलङ्कामा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु

कोलम्बो- श्रीलङ्कामा हरियो चिया बगान पहाडी सहरहरू भ्रमण गर्ने स्थानीय

सुशासन, विकास, स्थायित्व र स्वाधीनताका पक्षमा प्रतिबद्ध एमालेप्रति जनताको विश्वास बढेको छ : अध्यक्ष ओली

पाटन– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी

एन्फाको आयोजनामा नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा नेपाल र बंगलादेशबीच

यस्तो देखियो एमालेको विधान महाधिवेशन (तस्बिरहरू)

ललितपुर-नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन स्थल सनराइज सभा हलमा उद्घाटन

‘नेपालको मौलिक कला संस्कृतिको संरक्षण र विकासमा सरकारले प्राथमिकता दिनुपर्छ’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको मौलिक कला संस्कृतिको संरक्षण र