फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पर्ने « Khabarhub

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पर्ने

पेट्रोल, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ वृद्धि


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ ।

नेपाल आलग निगमले मंगलबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको जानकारी दिएको हो । निगमले प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ वृद्धि गरेको छ । त्यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटरमा १० रुपैयाँ बढाएको निगमले जनाएको छ ।

पछिल्लो समायोजनसँगै पेट्रोलको भाउ प्रतिलिटर १४२ रुपैयाँ तथा मट्टितेल र डिजेलको १२५ रुपैयाँ पुगेको छ । हवाई इन्धन भने प्रतिलिटर ११६ रुपैयाँ हुन पुगेको छ । एलपी ग्याँसको मूल्य यथावत् राखिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएकाले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोगन गर्नु परेको निगमले जनाएको छ ।

यसअघि बढाइएको मूल्यवृद्धि फिर्ताको माग गर्दै युवा तथा विद्यार्थी संगठनहरूले विरोध गर्दै आएका बेला निगमले पुनः मूल्य बढाएको हो । निगमले दुई साताभित्र दुई पटक मूल्यवृद्धि गरेको छ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ९ : २५ बजे

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

तेहरान- पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर

तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता

बेइजिङ– चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते

मदन पुरस्कार वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई, जगदम्बा-श्री किरण खरेललाई

काठमाडौं- मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी

भारतमा प्रहरीले भ्यानमा बाँधेर एक जनालाई निर्घात कुटेको भिडियो भाइरल, कारण यस्तो

काठमाडौं- भारतको गुजरातमा प्रहरीले एक जनालाई बीच सडकमा भ्यानमा बाँधेर

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय