फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पर्ने | Khabarhub Khabarhub

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पर्ने

पेट्रोल, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ वृद्धि


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ ।

नेपाल आलग निगमले मंगलबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको जानकारी दिएको हो । निगमले प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ वृद्धि गरेको छ । त्यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटरमा १० रुपैयाँ बढाएको निगमले जनाएको छ ।

पछिल्लो समायोजनसँगै पेट्रोलको भाउ प्रतिलिटर १४२ रुपैयाँ तथा मट्टितेल र डिजेलको १२५ रुपैयाँ पुगेको छ । हवाई इन्धन भने प्रतिलिटर ११६ रुपैयाँ हुन पुगेको छ । एलपी ग्याँसको मूल्य यथावत् राखिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएकाले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोगन गर्नु परेको निगमले जनाएको छ ।

यसअघि बढाइएको मूल्यवृद्धि फिर्ताको माग गर्दै युवा तथा विद्यार्थी संगठनहरूले विरोध गर्दै आएका बेला निगमले पुनः मूल्य बढाएको हो । निगमले दुई साताभित्र दुई पटक मूल्यवृद्धि गरेको छ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ९ : २५ बजे

मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

मुस्ताङ – मुस्ताङ थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक

साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंलाई सफाइ

काठमाडौं- राजावादी आन्दोलनका क्रममा दुईजनाको ज्यान जाने गरि गत चैत

नीलडामसहितको अनुहार सार्वजनिक गर्दै विष्णुलक्षित एलिनाको टिप्पणी– म चुप लाग्दिनँ

काठमाडौं – पूर्वपति विष्णु सापकोटाले सम्बन्धबिच्छेदबारे रक्षात्मक धारणा सार्वजनिक गरेपछि

एमालेको विधान : पुच्छरले कुकुर हल्लायो !

काठमाडौं– कम्युनिष्टहरुले मान्दै आएको संगठनात्मक सिद्धान्तले भन्छ – महाधिवेशनले गरेको