बेसीशहरका दुई सय किसानलाई हातेट्याक्टर « Khabarhub

बेसीशहरका दुई सय किसानलाई हातेट्याक्टर


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – बेसीशहर नगरपालिकाले दुई सय किसानलाई हातेट्याक्टर वितरण गरेको छ । कृषिमा यान्त्रिकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको मेयर गुमानसिंह अर्यालले बताए ।

वैदेशिक रोजगारी पश्चात गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने र जनशक्तिको अभावमा गाउँमा बाँझो रहेका जग्गालाई पुन: प्रयोगमा ल्याउन हातेट्याक्टर प्रभावकारी हुने अर्यालले बताए ।

नगरपालिकाले ७ र ६ हर्सपावर डिजेलवाला तथा ७ हर्सपावर पेट्रोलवाला गरी ३ प्रकारको मिनिटिलर हातेट्याक्टर वितरण गरेको छ । ७ हर्षपावरको डिजेलवालाको ७० हजार, ६ हर्स पावरको ६० हजार र पेट्रोलवाला ७ हर्स पावरको ५० हजार रुपैयाँ मूल्य पर्ने मिनिटिलर ५० प्रतिशत अनुदानमा वितरण गरिएको नगरपालिकाको कृषि तथा पशुपन्छी शाखाका प्रमुख सूर्यप्रसाद सेढाईले बताए ।

हातेट्याक्टरका लागि २ सय १० जना किसानको आवेदन परेकोमा २ सय जनालाई वितरण गरिएको हो ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ११ : ३० बजे

सनी देओल अभिनीत ‘बोर्डर २’ को टिजर सार्वजनिक

काठमाडौँ– बलिउड अभिनेता सनी देओल अभिनीत प्रतीक्षित फिल्म ‘बोर्डर २’

जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन

जुम्ला– जुम्लामा यो वर्ष करिब १८ हजार २४५ मेट्रिकटन स्याउ

म्यान्मा : चुनाव ‘अवरोध’ आरोपमा सयौँमाथि मुद्दा चलाउने तयारी

एजेन्सी– म्यान्माको सैन्य जुन्ताले बुधबार सेनाद्वारा सञ्चालित आगामी चुनावलाई ‘अवरोध’

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन

बनियानी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक,

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१