नक्कली पीसीआर रिपोर्ट बनाउने कान्तिपुर र नागरिक अस्पतालका कर्मचारी पक्राउ « Khabarhub

नक्कली पीसीआर रिपोर्ट बनाउने कान्तिपुर र नागरिक अस्पतालका कर्मचारी पक्राउ


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पताल र भक्तपुरको गठ्ठाघरको नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा कार्यरत कर्मचारीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार पक्राउ गरेको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए । पक्राउ पर्नेमा बिचौलियासमेत छन् ।

प्रवक्ता कोइरालाका अनुसार नागरिक कम्युनिटी टिचिङ अस्पतालका कर्मचारी रोशनकुमार छिट्टान, ल्याब म्यानेजर प्रशन्नकुमार झा र ल्याब सञ्चालक भावेश मिश्र पक्राउ परेका हुन् । छिट्टानको साथबाट प्रहरीले ८ थान नक्कली पीसीआर परीक्षण रिपोर्ट प्रहरीले बरामद गरेको छ ।

कान्तिपुर अस्पतालबाट कर्मचारी नागेन्द्रकुमार यादव, माधव मैनाली र ल्याब सञ्चालक निर्मल गिरी पक्राउ परेका छन् । यादवको साथबाट प्रहरीले १७ थान नक्कली पीसीआर रिपोर्ट बरामद गरेको छ ।

पीसीआर परीक्षण नै नगरी नेगेटिभ रिपोर्ट दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता कोइरालाले बताए ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १ : ५० बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर