ललितपुरमा खाल्डोमा गाडिएको अवस्थामा शव फेला | Khabarhub Khabarhub

ललितपुरमा खाल्डोमा गाडिएको अवस्थामा शव फेला


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको गोदावरी नगरपालिका–१२ धापाखेलमा खाल्डो खनेर गाडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । घरको किनारमा खाल्डो खनेर पुरिएको अवस्थामा तेह्रथुमका ६२ वर्षीय मोहन लिम्बुको शव फेला परेको हो ।

यसअघि, गत माघ १२ र १३ गते मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा २ जनाको शव फेला परेको थियो । अनुसन्धानमा एउटै समूहले मोरङमा दुई जना र ललितपुरमा एक जनालाई मारेको निष्कर्ष प्रहरीले निकालेको थियो ।

उखुबारीमा शव फेला परेको घटनाको अनुसन्धानका क्रममा काठमाडौंबाट १ जना पक्राउ परेका थिए । पक्राउ परेका व्यक्तिले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपीसहितको टोली काठमाडौँ आएको थियो । मोरङ प्रहरीको टोली र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले धापाखेलमा एउटा घर पछाडि खाल्डो खनेर गाडिएको अवस्थामा शव फेला पारेको हो ।

मोरङमा फेला परेको शव काठमाडौँ बस्दै आएका शम्भु चौधरी र भक्तपुर घर भई धरान बस्दै आएका ३९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको खुलेको थियो ।

जग्गा कारोबारी उनीहरूबीच समस्या परेपछि हत्या गरिएको अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  १० : १४ बजे

झरीबीच एभरेष्ट अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर, सयौँले गराए परीक्षण

काठमाडौं- झरीबीच शनिबार नयाँ बानेश्वरको एभरेष्ट हस्पिटलले बृहत निशुल्क स्वास्थ्य

राष्ट्रियसभाबाट लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित

काठमाडौं–  लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१

जोन सिनाले लिए रेस्लिङबाट सन्यास

एजेन्सी- अमेरिकन अभिनेता तथा रेस्लर जोन सिनाले वल्र्ड रेस्लिङ इन्टरटेनमेन्ट

२१.२७ अंकले बढ्यो नेप्से, ६ अर्बको कारोबार

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) २१.२७ अंकले

संसदीय व्यवस्थामा दुई ठूला दल मिलेर सरकार बनाउने कुरा नौटंकी मात्रै : झलनाथ खनाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले राष्ट्रिय सहमतिको