स्वास्थ्य शिविर चलाउँदै निर्माता मधुकुमार « Khabarhub

स्वास्थ्य शिविर चलाउँदै निर्माता मधुकुमार


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म निर्माता मधुकुमार श्रेष्ठ पछिल्लो समयमा फिल्म निर्माणमा कम सक्रिय छन् । अहिले उनी सामाजिक गतिविधिमा आफूलाई सक्रिय बनाइरहेका छन् ।

श्रेष्ठ विगत एक सातादेखि धादिङको गल्छी, थाक्र गाउँपालिका, धुनिबेशी नगरपालिकालगायत विभिन्न स्थानमा स्वास्थ्य टोलीसहित शिविर अभियानमा छन् । उनको टोली जनताको घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिइरहेको छ ।

‘कोरोनाको डरको कारण अहिले मानिसहरु अस्पताल जान डराएर रोग लुकाउदै घरमै बस्न बाध्य छन् । त्यस्तो अवस्थामा स्वास्थ्य शिविर राम्रो हुने देखेर स्वास्थ्य टोली सहित धादिङ आएको हो’ श्रेष्ठले भने ‘केही दिनको लागि भनेर आएको एकसाता भइसक्यो । एक, दुई गर्दै अहिले धादिङका धेरै गाउँमा शिविर आयोजना भइसकेको छ ।’ शिविरमा स्वास्थ्य परिक्षणको अलवा औषधि समेत निःशुल्क वितरण गर्दै आएको श्रेष्ठले बताए ।

उनले शिविरमा कोभिड टेष्टसमेत गर्ने गरेको बताए । स्वास्थ्य परिक्षणको क्रममा गम्भिर रोग देखिएकालाई अस्पताल पुर्याएर उपचार खर्च समेत दिइरहेको दाबी गरे । उनको टोलीले बिहिबारसम्म यो अभियान अन्तर्गत करिव १२ सय बढीको स्वास्थ्य परिक्षण गरिसकेको छ ।

उनले आफू नयाँ फिल्म निर्माणको तयारीमा भइरहँदा कोभिड महामारी आएपछि त्यो पैसालाई सामाजिक सेवामा खर्च गरेको खुलाए ।

कोरोनाको पहिलो लहर र दोस्रो लहरको समयमा पनि अक्सिजन, स्वास्थ्य सामाग्री, खाध्यान्न राहात लगायतको सहयोग सर्वसाधरका लागि दिएका श्रेष्ठले आफ्नो गाडी समेत एम्बुलेन्स सेवाको रुपमा प्रयोग गरेका थिए ।

श्रेष्ठले ‘बजार’, ‘विन्दास’, ‘स्काउट’, ‘विन्दश २’ लगायत फिल्म बनाएका छन् । नेपाल फिल्म सोसाइटीमा समेत आवद्ध श्रेष्ठको आफ्नो संयोजनमा बिगत ५ बर्षदेखि अमेरिकामा नियमित ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ गर्दै आएका छन् ।

श्रेष्ठले कोरोनाको पहिलो लहरदेखि अहिलेसम्म करिव ६४ लाख बढी समाजसेवाम खर्च गरेको जानकारी दिए ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १२ : ०४ बजे

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स