जुम्लाको नाग्म-गमगडी सडक अवरुद्ध | Khabarhub Khabarhub

जुम्लाको नाग्म-गमगडी सडक अवरुद्ध


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कर्णालीमा भारी हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध भएको छ । बिहीबार साँझदेखि भएको भारी हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध भएको हो ।

जुम्ला बोतादेखि मुगुको पिनासम्म सडकमै झण्डै तीन फिटभन्दा बढी हिउँ जमेपछि सडक अवरुद्ध भएको सडक डिभिजन जुम्लाका निमित्त प्रमुख सन्तोष भण्डारीले बताए ।

उनका अनुसार जुम्ला र मुगु जोड्ने सीमा क्षेत्र बुलबुलेमा बाक्लो हिउँ जमेको छ । हिउँ पन्छाउन मेसिन तयारी अवस्थामा छ । घाम लागेको खण्डमा सडक सुचारु गर्ने तयारी छ । उनले भने, ‘तत्काल भने सडक खुल्ने सम्भावना छैन ।’

यस्तै बोतादेखि पिनासम्म उकालोमा झण्डै ७ वटा मोडमा भएकोले हिउँ पन्छाइए पनि गाडी चिप्लिने सम्भावना रहेको उनले बताए । त्यसैले पूर्ण रूपमा सडक सञ्चालनमा आउन झण्डै एक हप्ता लाग्ने सक्ने भण्डारीले बताएका छन् ।

सडक अवरुद्ध भएपछि जुम्ला र मुगुको आवतजावतमा समस्या भएको छ । मुगुमा हुने आयात निर्यात सबै ठप्प छ । अघिल्लो पटकको हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक खुलेको केही दिनमै भारी हिमपातले पुनः अवरुद्ध भएको हो ।

त्यस्तै जुम्ला हुँदै मुगु राराताल जाने छोटो पर्यटकीय मार्ग जुम्ला उर्थु पटमारा न्याउरीघाट बुलबुले जोड्ने सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको स्थानीयले बताएका छन् । उक्त सडक अवरुद्ध भएपछि छोटो मार्ग भएर मुगु जाने आन्तरिक पर्यटक र स्थानीय प्रभावित भएका छन् ।

ग्रामीण सडकहरू अवरुद्ध:

त्यस्तै जुम्लाका आठै पालिका जोड्ने ग्रामीण सडक पनि हिमपातले अवरुद्ध भएका छन् । कर्णाली राजमार्गको त्रिवेणी हुँदै ताम्ती टोप्ला इमिल्छा जाजरकोट जोड्ने सडक, जुम्ला सदरमुकामदेखि पातारासी जोड्ने सडक, जुम्लाबाट गुठिचौर जाड्ने सडकलगायतका दर्जनौँ ग्रामीण सडक अवरुद्ध भएका छन् । सुत्केरी बिरामीलाई अस्पताल ल्याउनसमेत सकस हुने देखिएको गुठिचौर गाउँपालिका–२ का क्षेत्र बुढाले बताए ।

कर्णाली राजमार्ग सञ्चालनमा:

हिमपातले विभिन्न ठाउँमा अवरुद्ध कर्णाली राजमार्ग भने बिहीबार रातिदेखि नै सञ्चालनमा आएको जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइले बताइन् ।

उनका अनुसार जुम्ला खण्डको एैरेनीदेखि धौलापानीसम्म जाम भएका गाडी खुलेका छन् । त्यस्तै, कालिकोटको पिली र बिर्तामोडमा पहिरोले अवरुद्ध सडक पनि खुलेको सडक डिभिजन जुम्लाका निमित्त प्रमुख भण्डारीले बताए । हिमपातले जुम्लामा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । विभिन्न ठाउँमा पोल ढलेपछि विद्युत् अवरुद्ध भएको हो ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ६ : ३६ बजे

अम्रिसो खेतीबाट आम्दानी गर्दै कञ्चनपुरको चुरेफेदको सामुदायिक वन

कञ्चनपुर– कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित ऐश्वर्या सामुदायिक वन उपभोक्ता समूहले अम्रिसोखेतीलाई

मनाङमा ३७ हजार विदेशी पर्यटक भित्रिए

मनाङ– हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आगमन बढ्दै गएको छ

भरतपुर आँखा अस्पतालमा तीन लाख बढीले सेवा लिए 

चितवन– भरतपुर आँखा अस्पतालमा गत आर्थिक वर्ष २०८१/८२ मा तीन

लुम्बिनी प्रदेश : गत आवमा सवारी दुर्घटनामा ५०६ जनाको ज्यान गयो

लुम्बिनी– लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ५०६

सप्तकोशी नदीमा ११ वर्षीय बालक बेपत्ता

इनरुवा– सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदीमा आज एक जना