साउदीमा १५१ नेपालीको निःशुल्क स्वास्थ्य परीक्षण | Khabarhub Khabarhub

साउदीमा १५१ नेपालीको निःशुल्क स्वास्थ्य परीक्षण


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना महामारीलाई मध्यनजर गर्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य शिविरमा १५१ जनाले सेवा लिएका छन् ।

राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसीसीद्वारा आयोजना गरिएको नि:शुल्क स्वास्थ्य परीक्षण शिविरमा १५१ जना नेपाली श्रमिकहरू लाभान्वित भएको एनआरएनए साउदीका अध्यक्ष डमर यादवले जानकारी दिए ।

त्यहाँको जुबैलस्थित गल्फ एसिया मेडिकल कम्पलेक्समा आयोजना गरिएको एकदिने निःशुल्क आधारभूत स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम राखिएको थियो।

उक्त नि:शुल्क शिविरमा नेपाली श्रमिकहरूको कोलेस्ट्रोल लेभल, युरिक एसिड, मृगौला, ब्लड प्रेसर, सुगर, लिभर, भिटामिन डीको परीक्षण गर्दै आवश्यक औषधी र विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ परीक्षण गरिएको अध्यक्ष यादवले बताए ।

स्वास्थ परीक्षण कार्यक्रममा नेपाली दूतावासका स्थानीय जनसम्पर्क अधिकारी नारायण पासवान, एनआरएनएका निबर्तमान अध्यक्ष तेज थापा, मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्याल लगायतको उपस्थिति रहेको थियो।

नेपाली श्रमिकहरूको स्वास्थ्य समस्यालाई मध्यनगर गर्दै एनआरएनएले विभिन्न समयमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आईरहेको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ९ : १५ बजे

छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ

पाँचथर– आफ्नै छोरा १७ वर्षीय सफल लिम्बुको हत्या गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-८

मुस्ताङमा लेक लागेर तीर्थालुको मृत्यु

मुस्ताङ– मुस्ताङमा लेक लागेर एक जना तीर्थालुको मृत्यु भएको छ

किस्ट अस्पताल पुगेर जेन-जीको नाममा हिंसा भड्काउन खोज्नेलाई लखेट्यो प्रहरीले

काठमाडौं– चिकित्सकको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले घेरेपछि

झापामा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल

झापा– नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लामा रगतको अभाव भएको जनाएको

पाटन दरबार डबलीमा देखाइने कार्तिक नाच आजदेखि

पाटन– ललितपुरस्थित पाटन दरबार डबलीमा देखाइने कार्तिक नाच आजदेखि प्रदर्शन