कोरोनाले मृत्यु हुनेको संख्या साढे ५७ लाख नाघ्यो | Khabarhub Khabarhub

कोरोनाले मृत्यु हुनेको संख्या साढे ५७ लाख नाघ्यो


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या साढे ५७ लाखभन्दा धेरै भएको छ। पछिल्लो २४ घण्टामा ८ हजारभन्दा धेरै सङ्क्रमितको मृत्यु भएको छ।

योसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५७ लाख ५१ हजार ५८४ पुगेको हो।

कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार गत २४ घण्टामा २१ लाख ९६ हजार नयाँ संक्रमित थपिएका छन्।

योसँगै संक्रमण पुष्टि हुनेको संख्या ३९ करोड ३५ लाख ३६ हजारभन्दा धेरै भएको छ। यसैगरी २० लाख ४१ हजार संक्रमित निको भएसँगै कोरोना जित्नेको संख्या ३१ करोड २६ लाख नाघेको छ।

अझै पनि ७ करोड ५१ लख सक्रिय संक्रमित रहेकामा ९१ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

 

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ६ : ४१ बजे

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ

पंक्षीको मासु नखाने खेवा लिम्बूहरूको लहरो

एक ऐतिहासिक थुमको रुपमा रहेको छ, पूर्वी नेपालमा छथर थुम।