जाडोमा छालाको स्याहार कसरी गर्ने ? | Khabarhub Khabarhub

जाडोमा छालाको स्याहार कसरी गर्ने ?


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विशेषगरी जाडोमा मानिसका शरीरको छाला सुख्खा हुने, हातखुट्टा, ओठ फुट्ने समस्या देखिन्छन् ।

त्यसैगरी अर्को ‘चिलब्लेन्स’ भन्ने हुन्छ । यसले हात गोडाहरु सुन्निने हुन्छ । चिसो लागिसकेपछि हातहरु रातो अनि घाउहरु जस्तो हुने कहिलेकाहीं पानीफोकाहरु पनि आउन सक्छ ।

अर्को ‘ह्यान्ड एक्जिमा’ हुने सम्भावना हुन्छ । छाला सुख्खा भइ जाडोमा हातखुट्टाहरु चिलाउने, पानीफोका निस्किने र कहिलेकाहीं पटपट फुट्ने समस्या पनि हुन सक्छन् । धेरैजस्तो साबुन, सर्फहरुमा धेरै समय बिताए यो समस्या बढ्छ । त्यसैले जाडोमा छालाको स्याहार अलि बढी गर्नुपर्छ ।

जाडोमा छालामा समस्या हुने कारण

– साबुनको धेरै प्रयोगले छाला सुख्खा हुनुका साथै फुट्ने समस्या हुन्छ ।
– धेरै तातो पानीले नुहाउनाले छाला सुख्खा हुन्छ ।
– ब्लड प्रेसरको औषधी सेवन गर्नेहरूमा छाला सुख्खा हुने समस्या धेरै हुन्छ ।
– विभिन्न रोगका औषधि सेवन गर्नेहरूमा पनि छाला सुख्खा हुने समस्या बढी हुन्छ ।
– छाला सुख्खा हुनेहरूलाई चिलाउने समस्या बढी हुन्छ ।
– पटक पटक धेरै पानी चलाउँदा पनि हात फुट्ने हुन्छ ।

छालालाई सुख्खा हुनबाट कसरी जोगाउने

– जाडो याम सुरु भएसँगै शरीर ढाक्ने कपडा लगाउनुपर्छ ।
– खानपानमा विशेष ध्यान दिनुपर्छ । हरियो साग सब्जीका साथै प्रशस्त पानी पिउने गर्नुपर्छ ।
– छालामा टाँसिने गरी सुती कपडाको प्रयोग गर्नुपर्छ ।
– धेरै तातो पानीले नुहाउनु हुँदैन ।
– कडा खालको साबुनको प्रयोग नगर्ने । मोइस्चराइजिङ कन्टेन्ट हाई भएका साबुन अथवा सावर जेलको प्रयोग गर्ने ।
– नुहाउना साथ मोइस्चराइजर क्रिम लगाइहाल्ने । जसले गर्दा छाला सुख्खा हुन पाउँदैन ।
– यदि धेरै सुख्खा भएर हात खुट्टा फुट्ने समस्या छ भने मनतातो पानीमा नुन राखेर डुबाउने अनि तेल, पेट्रोलियम जेली अथवा मोइस्चराइजर लगाउने गर्नुपर्छ ।

यति गर्दा गर्दै पनि तपाईंको छाला सुख्खा हुने र फुट्ने समस्या भयो भने डाक्टरको सल्लाह लिनु उपयुक्त हुन्छ ।

मेडिसिटीमा कार्यरत डर्माटोलोजिष्ट डाक्टर उमा क्यालसँग गरेको कुराकानीमा आधारित

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ६ : ०० बजे

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी– मुस्ताङको कोराला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

काठमाडौं– गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी