निर्वाचन केन्द्रित तयारीमा जुटे दलहरू « Khabarhub

निर्वाचन केन्द्रित तयारीमा जुटे दलहरू


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले मिति घोषणा गरेपछि राजनीतिक दलहरू स्थानीय तह निर्वाचन केन्द्रित तयारीमा जुट्न थालेका छन् । प्रदेश र संघको निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले पनि स्थानीय निर्वाचनमा पहिलो हुने गरिको रणनीति बनाउँदै दलहरू तयारीमा जुट्न लागेका हुन् ।

सत्ता नेतृत्व दल कांग्रेसले आगामी २७ माघमा बोलाएको कार्यसम्पादन समिति बैठकमा निर्वाचनको तयारीबारे छलफल गर्ने भएको छ । महामन्त्री विश्वप्रकाश शर्माका अनुसार बैठकपछि कांग्रेस निर्वाचनको तयारीमा जुट्ने छ । २०७४ मा भएको स्थानीय तह निर्वाचनमा कांग्रेस दोस्रो दल भएको थियो ।

सत्तामै रहेको अर्को दल माओवादी केन्द्रले पनि २८ र २९ माघमा बोलाएको बैठकबाट केन्द्र्रीय सदस्यहरूलाई जिम्मेवारी दिएर निर्वाचन केन्द्रित तयारीमा खटाउने भएको छ ।

नेता गणेश साहले निर्वाचन तयारी बैठकको एजेन्डा रहेको बताए । ‘सरकारले मिति घोषणा गरेको सन्दर्भमा बस्न लागेको केन्द्रीय समिति बैठकमा हामीले छलफल गर्ने भनेकै स्थानीय तह निर्वाचनको तयारीबारे हो । केन्द्रीय सदस्यहरूलाई निर्वाचनमा जिम्मेवारी दिएर खटाउनेसम्म हुन्छ’, नेता साहले भने ।

प्रमुख विपक्षी दल एमालेका उपाध्यक्ष सुवास नेम्बाङ त जिल्ला अधिवेशन र महाधिवेशनकै बेलादेखि अनौपचारिक ढंगले स्थानीय तह निर्वाचनको तयारी गरेको बताउँछन् । २०७४ मा जसरी पहिलो दल हुने गरी एमाले तयारीमा जुटेको बताए ।

एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी पनि निर्वाचनको तयारीमा जुट्दै छन् ।

राप्रपा भने महामन्त्री भुवन पाठकको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेर यसअघि नै निर्वाचनमा होमिएको छ ।

सरकारले सोमबार ३० वैशाख २०७९ का लागि स्थानीय निर्वाचनको मिति घोषणा गरेको हो । मिति घोषणा गर्न सरकारलाई निर्वाचन आयोग, विपक्षी दलहरू र कानुन व्यवसायीहरूले पनि दबाब दिएका थिए ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १२ : ०० बजे

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको