निर्वाचनको तयारीमा जुट्यो आयोग « Khabarhub

निर्वाचनको तयारीमा जुट्यो आयोग


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय तहको चुनावको मिति घोषणा भएसँगै निर्वाचन आयोगले तयारी सुरु गरेको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले तयारी थालेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार आयोगले निर्वाचन कार्यविधि निर्देशिकाको ड्राफ्ट तयार गर्दैछ ।

आन्तरिक कमिटी बनाएर कार्यविधि निर्देशिकाको ड्राफ्ट तयार पारिने उनले जानकारी दिए । ‘कमिटीले तयार पारेको ड्राफ्टको मस्यौदालाई आयोगले अध्ययन गरी स्वीकृत गरेपछि स्थानीय तह निर्वाचनको कार्यविधि निर्देशिका तयार हुन्छ,’ उनले भने ।

विगतका निर्वाचनका अनुभव र कमजोरीका आधारमा कार्यविधि बनाउने पौडेलले बताए । त्यस्तै आयोगले मंगलबार सबै जिल्लाका निर्वाचन कार्यलयलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बिहान भर्चुअल माध्ययममार्फत् भएको बैठकमार्फत यस्तो निर्देशन दिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ३ : ४४ बजे

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा भएन, पहाडी क्षेत्रमा भने मनसुन सक्रिय

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही

सांसद शाहीको ठहर- बालेन, रवि र ओलीमा फरक देखिएन 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र

एसइई पूरक परीक्षामा ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरक

मौद्रिक नीतिको वार्षिक समीक्षा, बाह्य क्षेत्र बलियो र मुद्रास्फीति न्यून, कर्जा विस्तार सुस्त

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त 

काठमाडौं– चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका