बाँकेमा चाँदीका आठ किलो गहना बरामद् « Khabarhub

बाँकेमा चाँदीका आठ किलो गहना बरामद्


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको जमुनाह नाकाबाट भन्सार छलेर नेपालगन्ज ल्याइँदै गरेको ८ किलो २९६ ग्राम चाँदीका गहना प्रहरीले बरामद् गरेको छ ।

भारतीय यूपी ३२ इके ८१९६ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त परिमाणमा गहना बरामद् गरेको हो ।

जमुनाह नाका र नेपालगन्ज भन्सारका सुरक्षाकर्मीलाई छलेर ल्याइएको ८ लाख ६७ हजार ७ सय १५ रुपैयाँ बराबरको चाँदीका गहना सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको जनाएको छ ।

तस्करीमा संलग्न व्यक्ति भने मोटरसाइकल छाडेर फरार भएको सशस्त्र प्रहरी बलले जनाएको छ । उनीहरूलाई लखेट्दासमेत पक्राउ गर्न नसकेको प्रहरीको भनाइ छ । गहना र मोटरसाइकल भने नेपालगन्ज भन्सारलाई बुझाइएको छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ६ : १३ बजे

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन