सरकारले गर्न सकेन पुँजीगत खर्च « Khabarhub

सरकारले गर्न सकेन पुँजीगत खर्च


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि सरकारले पुँजीगत खर्च गर्न सकेको छैन ।

नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनाको विवरणमा हालसम्म सरकारले ५ खर्ब ६ अर्ब ७० करोड रुपैयाँ खर्च गरेको देखाइएको छ ।

२०७८ साउन देखि पुससम्म सरकारले चालु खर्च ४ खर्ब ६ अर्ब ४१ करोड रुपैयाँ, पुँजीगत खर्च ५० अर्ब ८१ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गत ४९ अर्ब ४७ करोड रुपैयाँ खर्च गरेको हो ।

चालु आर्थिक वर्षको सुरुवाती ६ महिनामा सरकारले ५ खर्ब ४२ अर्ब ५ करोड रुपैयाँ राजस्व परिचालन गरेको छ ।

राष्ट्र बैंकका अनुसार सो अवधिमा कर राजस्व ४ खर्ब ९३ अर्ब ९९ करोड रुपैयाँ र गैर–कर राजस्व ४८ अर्ब ६ करोड रुपैयाँ परिचालन गरिएको हो ।

पछिल्लो ६ महिनामा संघीय सरकारले ट्रेजरी विल मार्फत ६ अर्बको आन्तरिक ऋण परिचालन गरेको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ९ : ३० बजे

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ