सरकारले गर्न सकेन पुँजीगत खर्च « Khabarhub

सरकारले गर्न सकेन पुँजीगत खर्च


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि सरकारले पुँजीगत खर्च गर्न सकेको छैन ।

नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनाको विवरणमा हालसम्म सरकारले ५ खर्ब ६ अर्ब ७० करोड रुपैयाँ खर्च गरेको देखाइएको छ ।

२०७८ साउन देखि पुससम्म सरकारले चालु खर्च ४ खर्ब ६ अर्ब ४१ करोड रुपैयाँ, पुँजीगत खर्च ५० अर्ब ८१ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गत ४९ अर्ब ४७ करोड रुपैयाँ खर्च गरेको हो ।

चालु आर्थिक वर्षको सुरुवाती ६ महिनामा सरकारले ५ खर्ब ४२ अर्ब ५ करोड रुपैयाँ राजस्व परिचालन गरेको छ ।

राष्ट्र बैंकका अनुसार सो अवधिमा कर राजस्व ४ खर्ब ९३ अर्ब ९९ करोड रुपैयाँ र गैर–कर राजस्व ४८ अर्ब ६ करोड रुपैयाँ परिचालन गरिएको हो ।

पछिल्लो ६ महिनामा संघीय सरकारले ट्रेजरी विल मार्फत ६ अर्बको आन्तरिक ऋण परिचालन गरेको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ९ : ३० बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग