मधेश प्रदेशमा जाँचबुझ आयोग गठन सम्बन्धि विद्येयक पारित « Khabarhub

मधेश प्रदेशमा जाँचबुझ आयोग गठन सम्बन्धि विद्येयक पारित


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- लामो समयदेखि मधेश प्रदेश सभामा अड्किएको जाँचबुझ आयोगको गठन सम्बन्धि विद्येयक सभाबाट सर्वसहम्मतले पारित भएको छ ।

बुधवार बसेको प्रदेश सभाको वैठकले जाँच बुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पेश गरेको विधेयक माथि छलफल पश्चात सर्वसम्मतले पारित भएको प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए ।

जाँचबुझ आयोगमा अदालतका पूर्वन्यायाधीश, मुख्य न्यायाधिवक्ता वा प्रदेश सरकारका बहालवाला सचिव, उपसचिव वा पूर्व सचिव वा उपसचिव र सम्बन्धित विषयका विज्ञसहित अन्य बढीमा दुईजना सदस्य रहने व्यवस्था गरिएको छ । आयोगका लागि जनशक्ति र बजेटको व्यवस्थगा भने प्रदेश सरकारले गर्नेछन् ।

मधेश प्रदेशका हुने सार्वजनिक महत्वको घटना, अपराध, हत्या हिंसाको लगायतका घटनाको अनुसन्धान जाँच बुझ आयोगले गर्ने विद्येयकमा उल्लेख छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ८ : ४२ बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–