विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४० करोड नाघ्यो « Khabarhub

विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४० करोड नाघ्यो


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या ४० करोड नाघेको छ। विश्वभर ४० करोड ३३ लाख ७४ हजार २ जनामा संक्रमण पुष्टि भएको कोरोनाको तथ्यांक अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ।

वल्डोमिटरका अनुसार गत २४ घण्टामा यो खबर तयार पार्दासम्म २३ लाख ६८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

यस्तै कोरोना निको हुनेको संख्या ३२ करोड २९ लाख नाघेको छ। २४ घण्टामा मात्रै २१ लाख ९२ हजारले संक्रमण जितेका छन्।

यस्तै कोरोनाले मृत्यु हुनेको संख्या ५७ लाख ९३ हजार पुगेको छ। गत २४ घण्टामा मात्रै १० हजार ५ सय जना संक्रमितको मृत्यु भएको वल्डोमिटरले उल्लेख गरेको छ।

अझै पनि विश्वभर ७ करोड ४६ लाख सक्रिय संक्रमित रहेकामा ९० हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ।

नेपालमा २४ घण्टामा १४ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार १६ हजार ३५६ जनाको परीक्षण गर्दा २ हजार ४०१ जनामा संक्रमण देखिएको छ ।

११ हजार ६०३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ८५१ जनामा कोरोना पुष्टि भएको छ भने ४ हजार ७५३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा ७ हजार ७७७ जनाले कोरोनालाई जितेका छन् । योसँगै अहिले देशभर सक्रिय संक्रमितको संख्या ३० हजार २४१ पुगेको छ । कोरोना संक्रमणबाट थप १४ जनाले ज्यान गुमाएका छन् ।

 

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ५ : ४५ बजे

पदाधिकारी र केन्द्रीय कमिटी बढाएसँगै एमालेको बन्दसत्र सुरू

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत आइतबार भृकुटीमण्डपमा पहिलो दिनको

महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको साधारण सदस्यबाट निलम्बन

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट

सभामुख घिमिरेले भने- सरकारले संसद् विघटन गरेर संसदीय व्यवस्थामाथि प्रहार गर्‍यो

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वर्तमान सरकारले संसद् विघटन गरेर

कम्बोडिया र थाइल्यान्डको सीमा क्षेत्रको झडप दोस्रो सातामा प्रवेश

बैंकक- कम्बोडिया र थाइल्यान्डबीच नयाँ सीमा भिडन्त आइतबार दोस्रो हप्तामा

‘एमाले छ्वालीको होइन, बलियो स्टिलको लौरो हो, कसैले भन्दैमा फुट्दैन’

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ