राप्रपा पदाधिकारी बैठक आज बस्दै « Khabarhub

राप्रपा पदाधिकारी बैठक आज बस्दै


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक आज बस्दैछ।

बैठक धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा दिउँसो बस्ने नेता सुन्दर पाण्डेले जानकारी दिएका छन्।

पछिल्लो समय पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुट, पार्टीलाई सम्भावित विभाजनबाट जोगाउनले र आगामी निर्वाचनमा सफलता कायम गर्ने विषयमा छलफल गर्ने तयारी रहेको उनले बताए।

साथै बैठकमा समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा हुने र देशभर सङ्गठनका राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालनसम्बन्धी आवश्यक कार्ययोजनामा समेत छलफल हुने बताइएको छ ।

पूर्वअध्यक्ष कमल थापाले मङ्गलबार पार्टी परित्याग गरेपछि पदाधिकारी बैठक बस्न लागेको हो। थापा समूहका केही नेताले राप्रपा परित्याग गर्ने क्रम जारी रहेको छ। उनीहरुले नयाँ राजनीतिक दल स्थापना गर्न गृहकार्य गरिरहेका बुझिएको छ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ६ : ४५ बजे

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–

रास्वपाको समानुपातिक सूचीप्रति डा. रामजी रामको असहमति, प्राइमरी इलेक्सनमाथि प्रश्न

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार डा. रामजी