कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -सत्तासिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक आज बस्दैछ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचनको घोषणा गरेसँगै बुधबार कांग्रेस पदाधिकारी बैठक बसेको थियो ।

स्थानीय तह निर्वाचनबारे रणनीति तय गर्न आज कार्यसम्पादन समितिको बैठक डाकिएको हो । यसबाहेक बैठकमा पार्टीमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाको विषयमा छलफल हुनेछ ।

कार्यसम्पादन समितिमा सभापति, उपसभापति, महामन्त्री, सहमहान्त्रीसहितका पदाधिकारी रहन्छन् । यो समितिमा ३७ सदस्य छन् ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ८ : २४ बजे

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–

रास्वपाको समानुपातिक सूचीप्रति डा. रामजी रामको असहमति, प्राइमरी इलेक्सनमाथि प्रश्न

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार डा. रामजी