मन्त्री आलेविरुद्ध बतास समूह अदालत पुग्यो | Khabarhub Khabarhub

मन्त्री आलेविरुद्ध बतास समूह अदालत पुग्यो


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेविरुद्ध बतास समूह अदालत पुगेको छ। मन्त्रीबाट अन्याय भएको भन्दै बतास समूहले सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको हो।

‘बतास फाउण्डेशनको नामबाट बुधबार मन्त्री आलेविरुद्ध रिट आएको छ तर दर्ता भएको छैन,’ प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबराका सञ्चार विज्ञ किशोर पौडेलले भने, ‘अहिले उक्त रिटमाथि अध्ययन भइरहेको छ।’,

बतास समूहले नारायणहिटी दरबार संग्रहालयमा सञ्चालन गर्ने तयारी गरेको क्याफ्टेरियालाई मन्त्री आलेले रद्द गरिदिएका थिए । त्यति मात्र होइन मन्त्री आलेले बतासले सञ्चालन गर्दै आएको पशुपतिस्थित धर्मशाला पनि सञ्चालनमा रोक लगाउने निर्णय गरेका छन् ।

केही दिनअघि मात्र बतास समूहले विज्ञप्ति जारी गरी मन्त्री आलेको निर्णयले करोडौं रुपैयाँ घाटा भएको भन्दै क्षतिपूर्तिको माग समेत गरेको थियो । अहिले बतास समूह सोही क्षतिपूर्तिको माग गर्दै सर्वोच्च पुगेको हो ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ११ : ५७ बजे

लिम्बुवानको दस्तावेज खोज्दा : जाँड दिए, कागज दिएनन्

काठमाडौं- पेशाले उनी नेपाल सरकारका हाकिम । तोकादेश, टिप्पणी, फाइलका

बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने

काठमाडौं– नेपाल नेत्रज्योति सङ्घले विश्व दृष्टि दिवसका अवसरमा आगमी बुधबार

काभ्रेका सडक अवरुद्ध बस्तीमा खाद्यान्न पठाउन ड्रोनको प्रयोग

काभ्रे– गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

म्याग्दी– गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५

आज विश्व बसोवास दिवस मनाइँदै

काठमाडौं– दिगो सहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास