मधेस प्रदेश सरकारले फागनु १ गते जनयुद्ध दिवस मनाउने | Khabarhub Khabarhub

मधेस प्रदेश सरकारले फागनु १ गते जनयुद्ध दिवस मनाउने


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – मधेस प्रदेश सरकारले पहिलो पटक अगामी फागनु १ गते जनयुद्ध दिवस मनाउने भएको छ । यसक्रममा सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ । अगामी फागुन १ गते ती परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम तय भएको प्रदेश सरकारले जनाएको छ ।

विगत तीन वर्षदेखि माघ ५ गतेलाई मधेस बलिदानी दिवसका रूपमा मनाउँदै आएको प्रदेश सरकारले पहिलोपटक फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरेको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गतको मधेसी सहिद प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रमलाई पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए ।

पहिलो चरणमा प्रदेशको आठवटै जिल्लाका ४० सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने तयारी रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  १२ : ०५ बजे

लिम्बुवानको दस्तावेज खोज्दा : जाँड दिए, कागज दिएनन्

काठमाडौं- पेशाले उनी नेपाल सरकारका हाकिम । तोकादेश, टिप्पणी, फाइलका

बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने

काठमाडौं– नेपाल नेत्रज्योति सङ्घले विश्व दृष्टि दिवसका अवसरमा आगमी बुधबार

काभ्रेका सडक अवरुद्ध बस्तीमा खाद्यान्न पठाउन ड्रोनको प्रयोग

काभ्रे– गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

म्याग्दी– गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५

आज विश्व बसोवास दिवस मनाइँदै

काठमाडौं– दिगो सहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास