पार्टी कार्यालय सानेपामा नेविसंघ विरोधको विरोध प्रदर्शन | Khabarhub Khabarhub

पार्टी कार्यालय सानेपामा नेविसंघ विरोधको विरोध प्रदर्शन


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका छन् ।

संघको महाधिवेशनको माग गर्दै उनीहरुले पार्टी कार्यालयमा प्रदर्शन गरेका हुन् । म्याद सकिएका भ्रातृ संस्थाहरूमा तदर्थ समिति बनाएर महाधिवेशनको म्यान्डेट दिनुपर्ने र रिक्त पदमा मात्र मनोनयन गर्नुपर्ने उनीहरुको माग छ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पुगेका नेताहरूलाई उनीहरुले संघलाई अन्यौलमा नराख्न आग्रह गरेका छन् ।

नेविसंघका विद्यार्थी नेता सुशील भट्टले पार्टीका भातृसंगठनलाई निष्कृय नवनाउन ध्यानाकर्षण गराइएको बताए । महाधिवेशन सुनिश्चीत गर्न दवाव आवश्यक रहेको उनको भनाइ छ।

सो क्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भातृ संगठनको बिषयमा उचित निर्णय गर्ने जानकारी दिए ।

लामो समयदेखि नेविसंघको अधिवेशन हुन सकेको छैन ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ३ : ०८ बजे

काभ्रेका सडक अवरुद्ध बस्तीमा खाद्यान्न पठाउन ड्रोनको प्रयोग

काभ्रे– गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

म्याग्दी– गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५

आज विश्व बसोवास दिवस मनाइँदै

काठमाडौं– दिगो सहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

काठमाडौं – स्पेनिस ला लिगको अङ्क तालिकामा बार्सिलोनाले अग्रता लिएको

घरेलु मैदानमा बराबरीमा रोकियो चेल्सी

लन्डन – इङ्लिस प्रिमियरसिपको आइतबार राति भएको खेलमा चेल्सी र