सरकारको विरोध गर्दै युवा संघको प्रदर्शन | Khabarhub Khabarhub

सरकारको विरोध गर्दै युवा संघको प्रदर्शन


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले सरकारको विरोधमा प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघले खोप प्रकरण, मूल्यबृद्धि लगाएत बिभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराउन भन्दै विरोध प्रदर्शन गरको हो ।

गठबन्धन सरकारले जनघाती कदमहरु अघि बढाएको भन्दै विरोध गरिएको युवा संघले जनाएको छ । उनीहरुले मूल्य बृद्धि खारेज गर, गुमेको भूभाग फिर्ता गर, रेणु यादवलाई बर्खास्त गर, खोप चोरी प्रकरणको छानविन गर लगाएतका नारा लगाएका थिए ।

विरोध प्रदर्शनमा राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले मन्त्रालयभित्रैबाट खोप हटाराउनु दुखद भएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

त्यस्तै उनले नेपालमा बैदेशिक हस्तक्षेप हुँदा पनि सरकार बोल्न नसकेकाले विरोध गर्न बाध्य भएको जिकिर गरे ।

युवा संघले आफुहरुले उठाएका विषयमा सरकार मौन बसे कडा विरोधका कार्यक्रम गरिने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ९ : १० बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

उदयपुर– उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा

प्रदेश प्रमुख अस्वस्थ भएपछि बागमतीका नवनियुक्त मन्त्रीको शपथ कार्यक्रम स्थगित

हेटौँडा– बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम स्थगित भएको

म्याग्दीका तीस ग्रामीण सडकको स्तरोन्नति

म्याग्दी– म्याग्दी जिल्ला पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०८१–०८२ मा

विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण

पाल्पा– पाल्पाको तानसेन नगरपालिका–११ स्थित लिपीन्देवी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न

रूपन्देही- ३ को उपनिर्वाचनका लागि भदौ १५ सम्म उम्मेद्वार सिफारिस गर्न एमालेको परिपत्र 

काठमाडौं– सत्तारुढ दल नेकपा एमाले रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३