सत्यमोहन जोशीलाई भेट्न अस्पताल पुगे पर्यटनमन्त्री आले « Khabarhub

सत्यमोहन जोशीलाई भेट्न अस्पताल पुगे पर्यटनमन्त्री आले


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेट्न अस्पताल पुगेका छन्।

मन्त्री आलेले छातीको समस्याले ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेजमा उपचार गराइरहेका जोशीको स्वास्थ्यअवस्थाको जानकारी लिएका हुन् ।

जोशीको उपचारको सम्पूर्ण खर्च किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले व्यहोरिरहेको छ । तर,मन्त्री आलेले जोशीको उपचारमा आफूले सहयोग गर्न अस्पताल प्रशासनसँग इच्छा राखेको मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

जोशीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जानकारी दिए ।

 

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ९ : २१ बजे

पर्वतमा अफ्रिकन स्वाइनले ४६ बङ्गुर मरे

पर्वत – पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

समानुपातिक मतगणना जारी : रास्वपाले ल्यायो ५१ लाख २९ हजार, कुन दलले कति पाए ?

काठमाडौँ – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल फागुन २७ गते बुधबार चैत

आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २७ गते बुधबार चैत