गाई गोरु काट्न नपाइने व्यवस्था हटाउन माग « Khabarhub

गाई गोरु काट्न नपाइने व्यवस्था हटाउन माग


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङका सत्तारुढ गठबन्धनले मुलुकी अपराध संहिता २०७४ को धारा २८९ खारेजीको माग गर्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजादी पार्टीले मुलुकी अपराध संहिताको धारा २८९ मा उल्लेखित ‘गाई गोरु मार्न वा कुट्न नहुने’व्यवस्था खारेजीका लागि पहल गर्ने निर्णय गरेका हुन् ।

२६ माघमा बसेको सत्तारुढ गठबन्धनको बैठकले आदिवासी जनजाति समुदायलाई दुःख दिने, मुद्दा लगाउने कार्य हुन नदिन संविधानसँग बाझिएको मुलुकी अपराध संहिताको धारा खारेजीका लागि नेपाल सरकारसमक्ष माग गर्ने र सोको लागि गठबन्धनमा आवद्ध दलले आ-आफ्नो पार्टीका केन्द्रीय समितिलाई आवश्यक पहलका लागि अनुरोध गर्ने निर्णय गरिएको बिहीबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

गोरु काटेर मासु बिक्री गर्दै गरेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ४० वर्षीय खगेन्द्र तामाङ र ३५ वर्षीय गणेशबहादुर तामाङ २३ माघमा पक्राउ परेपछि गठबन्धनको यस्तो धारणा सार्वजनिक भएको हो ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  २ : ४५ बजे

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी