लागुपदार्थ प्रयोगकर्ता बढेपछि महोत्तरीमा बन्ने भयो सुधार गृह « Khabarhub

लागुपदार्थ प्रयोगकर्ता बढेपछि महोत्तरीमा बन्ने भयो सुधार गृह


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको गौशालामा सुधार गृह बन्ने भएको छ । झन्डै ८४ लाख लागतमा बन्न लागेको सुधार गृह ६ महिनाभित्र तयार हुने निर्माणको जिम्मेवारी पाएको कम्पनी एसडी कन्स्ट्रक्सनले जनाएको छ ।

मधेस प्रदेशको मध्य भागमा बन्न लागेको सुधार गृहले लागुपदार्थको नसामा डुबेर परिवार, समाजमा असर परिरहेका महोत्तरीमात्र नभएर आठवटै जिल्लाका युवाहरूका लागि महत्त्वपूर्ण हुने विश्वास लिइएको छ ।

मधेस प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको पहलमा बन्न लागेको सुधार गृहको नाम सहिद शेखर स्मृति सुधार गृह राखिएको छ । १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा रौतहटको कटहरियामा मारिएका शेखरको सम्झनामा सुधार गृह बनाइएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

गौशाला–८ स्थित सोनी खोल्सीमा बन्न लागेको नवनिर्मित भवनको बिहीबार आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले शिलान्यास गरेका थिए । मन्त्री साहले यही बजेटले मात्र संरचना निर्माण पर्याप्त नहुने भएकाले बहुवर्षीय भवन बनाउन बजेटका लागि आवस्यक पहल गर्ने प्रतिबद्धतासमेत जनाए ।

सुधार गृहका लागि गौशाला नगरपालिकाले झन्डै दुई कठ्ठा जग्गा उपलब्ध गराएको छ । मन्दिर र जंगलको बीचमा रहेको सुधार गृह हरेक हिसाबले सुरक्षित र मैत्रीपूर्ण हुने नगर प्रमुख शिवनाथ महतोको भनाइ छ । महोत्तरी भारतीय सिमा नाकाबाट नजिक भएको हुँदा पनि अन्य जिल्लाको भन्दा लागुपदार्थ कारोबार तथा यस्को नसामा लाग्नेको संख्या अधिक रहेको प्रहरीको तथ्यांकले देखाएका छन । पछिल्लो तीन महिनामा महोत्तरीमा १४९ जना लागुपदार्थ कारोबार तथा प्रयोग गर्ने पक्राउ परेका छन् । ठूलो मात्रामा गाजा, लागुऔषध तथा सिरिन्ज बरामद भएका छन् ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ४ : १५ बजे

कोशी प्रदेशसभा : बजेटमाथिको प्रश्नमा मन्त्रीहरूको जवाफ

विराटनगर- कोशी प्रदेशसभाको सोमबार बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका

४१ वर्षीय रोनाल्डो भर्सेज १८ वर्षीय यामाल : स्पेन र पोर्चुगलको रोचक भीडन्त आज

काठमाडौं- फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत आज राति बहुप्रतीक्षित र

गाजाका सबै हतियार प्राविधिक समितिको नियन्त्रणमा ल्याउन शान्ति समितिको प्रस्ताव

जेरुसेलम- गाजाको प्रशासनिक जिम्मेवारी पाएको प्यालेस्टिनी प्राविधिक समितिले गाजामा रहेका सबै

जबरजस्त हालान्ड, डीएनएमै फुटबल !

काठमाडौं- एर्लिङ हालान्ड क्लब फुटबलको महँगो र चर्चित नाम नै