लागुपदार्थ प्रयोगकर्ता बढेपछि महोत्तरीमा बन्ने भयो सुधार गृह « Khabarhub

लागुपदार्थ प्रयोगकर्ता बढेपछि महोत्तरीमा बन्ने भयो सुधार गृह


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको गौशालामा सुधार गृह बन्ने भएको छ । झन्डै ८४ लाख लागतमा बन्न लागेको सुधार गृह ६ महिनाभित्र तयार हुने निर्माणको जिम्मेवारी पाएको कम्पनी एसडी कन्स्ट्रक्सनले जनाएको छ ।

मधेस प्रदेशको मध्य भागमा बन्न लागेको सुधार गृहले लागुपदार्थको नसामा डुबेर परिवार, समाजमा असर परिरहेका महोत्तरीमात्र नभएर आठवटै जिल्लाका युवाहरूका लागि महत्त्वपूर्ण हुने विश्वास लिइएको छ ।

मधेस प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको पहलमा बन्न लागेको सुधार गृहको नाम सहिद शेखर स्मृति सुधार गृह राखिएको छ । १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा रौतहटको कटहरियामा मारिएका शेखरको सम्झनामा सुधार गृह बनाइएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

गौशाला–८ स्थित सोनी खोल्सीमा बन्न लागेको नवनिर्मित भवनको बिहीबार आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले शिलान्यास गरेका थिए । मन्त्री साहले यही बजेटले मात्र संरचना निर्माण पर्याप्त नहुने भएकाले बहुवर्षीय भवन बनाउन बजेटका लागि आवस्यक पहल गर्ने प्रतिबद्धतासमेत जनाए ।

सुधार गृहका लागि गौशाला नगरपालिकाले झन्डै दुई कठ्ठा जग्गा उपलब्ध गराएको छ । मन्दिर र जंगलको बीचमा रहेको सुधार गृह हरेक हिसाबले सुरक्षित र मैत्रीपूर्ण हुने नगर प्रमुख शिवनाथ महतोको भनाइ छ । महोत्तरी भारतीय सिमा नाकाबाट नजिक भएको हुँदा पनि अन्य जिल्लाको भन्दा लागुपदार्थ कारोबार तथा यस्को नसामा लाग्नेको संख्या अधिक रहेको प्रहरीको तथ्यांकले देखाएका छन । पछिल्लो तीन महिनामा महोत्तरीमा १४९ जना लागुपदार्थ कारोबार तथा प्रयोग गर्ने पक्राउ परेका छन् । ठूलो मात्रामा गाजा, लागुऔषध तथा सिरिन्ज बरामद भएका छन् ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ४ : १५ बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव