स्वास्थ्य मन्त्रालयमा दुई सचिव राखिने « Khabarhub

स्वास्थ्य मन्त्रालयमा दुई सचिव राखिने


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अबदेखि दुईजना सचिवले काम गर्ने भएका छन् । मन्त्रालयमा दुई जनाको सचिवको दरबन्दी रहे पनि अहिले स्वास्थ्य सेवार्फका डा. रोशन पोखरेल मात्र मन्त्रालयमा कार्यरत छन् ।

सरकारले जनसंख्या हेर्ने गरी अर्को एक सचिवलाई पनि मन्त्रालयमा पठाउने निर्णय गरेसँगै अब मन्त्रालयमा दुई जना सचिव हुने पक्का भएको हो ।

मन्त्रिपरिषदको निर्णयअनुसार अब स्वास्थ्य मन्त्रालयमा जनसंख्या हेर्ने गरी सचिवका रुपमा देवकुमारी गुरागाईं काम गर्दैछिन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयमा रहेकी गुरागाईंलाई स्वास्थ्य मन्त्रालयमा जनसंख्या सचिवका रुपमा सरुवा गरिएको हो ।

यसअघि जनसंख्या सचिवका रुपमा मधुसुदन बुर्लाकोटीलाई पठाउने चर्चा थियो । प्रधानमन्त्री कार्यालयमा रहेका बुर्लाकोटीलाई भने सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ४ : ४५ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी