स्वास्थ्य मन्त्रालयमा दुई सचिव राखिने « Khabarhub

स्वास्थ्य मन्त्रालयमा दुई सचिव राखिने


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अबदेखि दुईजना सचिवले काम गर्ने भएका छन् । मन्त्रालयमा दुई जनाको सचिवको दरबन्दी रहे पनि अहिले स्वास्थ्य सेवार्फका डा. रोशन पोखरेल मात्र मन्त्रालयमा कार्यरत छन् ।

सरकारले जनसंख्या हेर्ने गरी अर्को एक सचिवलाई पनि मन्त्रालयमा पठाउने निर्णय गरेसँगै अब मन्त्रालयमा दुई जना सचिव हुने पक्का भएको हो ।

मन्त्रिपरिषदको निर्णयअनुसार अब स्वास्थ्य मन्त्रालयमा जनसंख्या हेर्ने गरी सचिवका रुपमा देवकुमारी गुरागाईं काम गर्दैछिन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयमा रहेकी गुरागाईंलाई स्वास्थ्य मन्त्रालयमा जनसंख्या सचिवका रुपमा सरुवा गरिएको हो ।

यसअघि जनसंख्या सचिवका रुपमा मधुसुदन बुर्लाकोटीलाई पठाउने चर्चा थियो । प्रधानमन्त्री कार्यालयमा रहेका बुर्लाकोटीलाई भने सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ४ : ४५ बजे

लुटपाट आरोपमा फिलिपिन्सका अर्का सिनेटर पक्राउ, भ्रष्टाचारविरुद्धको कारबाही तीव्र

मनिला- फिलिपिन्समा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र भइरहेका बेला अर्का सिनेटर रोडान्टे मार्कोलेटालाई

कांग्रेस इतरको ठहर- पार्टीलाई फुटबाट जोगाउन संस्थापन बाधक

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशन तयारीका लागि

मुम्बईमा भारी वर्षा, भवन भत्किँदा छ जनाको मृत्यु

एजेन्सी– भारतको आर्थिक राजधानी मुम्बईमा मनसुनी भारी वर्षाबीच एउटा जीर्ण

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगञ्ज– कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन,  सुधार, शिक्षा, सीप