स्वास्थ्य मन्त्रीको दाबी–२४ लाख डोज खोप हराएको छैन « Khabarhub

स्वास्थ्य मन्त्रीको दाबी–२४ लाख डोज खोप हराएको छैन


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप नहराएको दाबी गरेका छन् । उनले खोप तथ्यांक आउन मात्रै बाँकी रहेको बताएका हुन् ।

मन्त्री खतिवडाले आज पत्रकार सम्मेलनमार्फत् आफ्नो १०० दिने कार्यकालबारे जानकारी गराउँदै २४ लाख डोज लक्षित नागरिकसम्मै पुगेको तर स्थानीय तहहरुबाट त्यसको विवरण आइपुग्न बाँकी रहेको बताए ।

२४ लाख डोज खोपको तथ्यांक छानबिनका लागि बनेको समितिले दिइएको डेडलाइनमा नै खोपको प्रकार र विवरणअनुसारको प्रतिवेदन बुझाउने उनले दाबी गरे ।

बुस्टर डोजको रुपमा लक्षित समूह बाहिरकाले खोप लगाएको र त्यसको विवरण नराखिएकोबारे पत्रकारहरुको प्रश्नमा मन्त्री खतिवडाले भने, ‘खोप पर्याप्त उपलब्ध भएका कारण केही समूहले बुस्टरको रुपमा पनि बढी खोप लिएको हुनसक्छ ।’

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ५ : ०० बजे

मुम्बईमा भारी वर्षा, भवन भत्किँदा छ जनाको मृत्यु

एजेन्सी– भारतको आर्थिक राजधानी मुम्बईमा मनसुनी भारी वर्षाबीच एउटा जीर्ण

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगञ्ज– कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन,  सुधार, शिक्षा, सीप

एमाले सांसदको आरोप- सरकार अलोकतान्त्रिक र अधिनायकवादी चिन्तनबाट अगाडि बढ्यो

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकार अलोकतान्त्रिक र

तनहुँका दुई स्थानीय तहको बजेट पारित

दमौली– बन्दीपुर र म्याग्दे गाउँपालिकाले गाउँसभाबाट आर्थिक वर्ष (आव) २०८३-८४