एमसीसी रोक्ने अधिकार सभामुखलाई छैनः ओली | Khabarhub Khabarhub

एमसीसी रोक्ने अधिकार सभामुखलाई छैनः ओली


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एससीसीमा अवरोध खडा गर्न नमिल्ने बताएका छन् ।

शुक्रबार स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको शुभारम्भ कार्यक्रममा अध्यक्ष ओलीले सरकारले पेश गर्ने एमसीसी रोक्ने अधिकार सभामुख अग्निप्रसाद सापकोटालाई नभएको बताएका हुन् ।

अध्यक्ष ओलीले शीर्ष नेताहरूले एमसीसीलाई प्रतिबद्धता पत्र लेखेकोप्रति पनि असन्तुष्टि जनाए । उनले प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्र लेखेर कूटनीतिक मर्यादाविपरीतको काम गरेको पनि आरोप लगाए ।

प्रोटकलअनुसार पनि प्रधानमन्त्री देउवाले एमसीसीलाई पत्र लेख्न नमिल्ने ओलीको भनाइ छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ४ : १० बजे

सामाजिक सञ्जालमा अदालतको चर्चा, एमालेमा हर्कबढाइँ

काठमाडौँ – बुधबार राति अबेरसम्म सर्वोच्च अदालत परिसरमा मानिसहरुको चहल–पहल

डा. तिवारीलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र जवाफ दिन आदेश

काठमाडौं– नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीलाई अदालत अवहेलनाको

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

इटहरी– नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि यहाँ ‘पृतनापति ट्रफी

अफगानिस्तानको तालिवान शासनलाई रूसको औपचारिक मान्यता

काठमाडौं– रूसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक रूपले मान्यता दिएको छ

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान