जनयुद्धका शहीद परिवारलाई तीन लाख दिने मधेश प्रदेश सरकारको तयारी « Khabarhub

जनयुद्धका शहीद परिवारलाई तीन लाख दिने मधेश प्रदेश सरकारको तयारी


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा माओवादीको १० वर्षे जनयुद्धको क्रममा शहीद भएका तथा ज्यान गुमाएका परिवारजनलाई जनही तीन लाख दिने तयारी गरेको छ ।

मधेश प्रदेश सरकारले पहिलो पटक जनयुद्धका शहीद तथा ज्यान गुमाएकाका परिवारजनलाई राहत दिन लागेको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेका मधेशी शहीद प्रतिष्ठानले अगामी फागुन १ गते माओवादी जनयुद्धका क्रममा मधेश प्रदेशबाट शहीद भएका तथा ज्यान गुमाएका परिवारजनलाई पहिलो चरणमा जनही एक लाख र दास्रो चरणमा दुई लाख गरी जम्मा तीन लाख दिने निर्णय गरिएको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्री तथा मधेश शहीद प्रतिष्ठानका अध्यक्ष भरत साहले तत्काल पहिलो चरणमा जनही एक लाख दिने निर्णय भएको बताए । त्यसका लागि मन्त्रालयले प्रदेशका ८ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्र लेखि जनयुद्धका क्रममा शहीद भएका तथा ज्यान गुमाएका यकिन तथ्यांक पठाउन पत्राचार गरेको मन्त्रालयका एक कर्मचारीले बताए । ती कर्मचारीले भने, ‘अहिले सम्म सबै जिल्लाबाट जनयुद्धका शहीद तथा ज्यान गुमाएकाहरुको तथ्यांक प्राप्त हुन सकेको छैन । तर, हाम्रो अनुमान मधेश प्रदेशबाट करिब ६ सय त्यस्ता व्यक्तिहरू छन् जो जनयुद्धका क्रममा शहीद र ज्यान गुमाएका छन् ।’

मधेश आन्दोलनका क्रममा शहीद भएका परिवारजनले मधेश प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवसको अवसरमा ३ लाखको दरले अनुदान दिएको थियो । त्यस्तै, जनयुद्धका शहीद भएका परिवारजनलाई मधेश सरकारले एक लाख दिने तयारी गरेको ती कर्मचारीले बताए ।

जनयुद्ध दिवसको अवसरमा सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा एक भव्य कार्यक्रमको आयोजना गरी शहीद परिवारजनलाई सहयोग गर्ने कार्यक्रम रहेको उनले बताए ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ७ : ४५ बजे

लुटपाट आरोपमा फिलिपिन्सका अर्का सिनेटर पक्राउ, भ्रष्टाचारविरुद्धको कारबाही तीव्र

मनिला- फिलिपिन्समा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र भइरहेका बेला अर्का सिनेटर रोडान्टे मार्कोलेटालाई

कांग्रेस इतरको ठहर- पार्टीलाई फुटबाट जोगाउन संस्थापन बाधक

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशन तयारीका लागि

मुम्बईमा भारी वर्षा, भवन भत्किँदा छ जनाको मृत्यु

एजेन्सी– भारतको आर्थिक राजधानी मुम्बईमा मनसुनी भारी वर्षाबीच एउटा जीर्ण

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगञ्ज– कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन,  सुधार, शिक्षा, सीप