जनयुद्धका शहीद परिवारलाई तीन लाख दिने मधेश प्रदेश सरकारको तयारी | Khabarhub Khabarhub

जनयुद्धका शहीद परिवारलाई तीन लाख दिने मधेश प्रदेश सरकारको तयारी


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा माओवादीको १० वर्षे जनयुद्धको क्रममा शहीद भएका तथा ज्यान गुमाएका परिवारजनलाई जनही तीन लाख दिने तयारी गरेको छ ।

मधेश प्रदेश सरकारले पहिलो पटक जनयुद्धका शहीद तथा ज्यान गुमाएकाका परिवारजनलाई राहत दिन लागेको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेका मधेशी शहीद प्रतिष्ठानले अगामी फागुन १ गते माओवादी जनयुद्धका क्रममा मधेश प्रदेशबाट शहीद भएका तथा ज्यान गुमाएका परिवारजनलाई पहिलो चरणमा जनही एक लाख र दास्रो चरणमा दुई लाख गरी जम्मा तीन लाख दिने निर्णय गरिएको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्री तथा मधेश शहीद प्रतिष्ठानका अध्यक्ष भरत साहले तत्काल पहिलो चरणमा जनही एक लाख दिने निर्णय भएको बताए । त्यसका लागि मन्त्रालयले प्रदेशका ८ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्र लेखि जनयुद्धका क्रममा शहीद भएका तथा ज्यान गुमाएका यकिन तथ्यांक पठाउन पत्राचार गरेको मन्त्रालयका एक कर्मचारीले बताए । ती कर्मचारीले भने, ‘अहिले सम्म सबै जिल्लाबाट जनयुद्धका शहीद तथा ज्यान गुमाएकाहरुको तथ्यांक प्राप्त हुन सकेको छैन । तर, हाम्रो अनुमान मधेश प्रदेशबाट करिब ६ सय त्यस्ता व्यक्तिहरू छन् जो जनयुद्धका क्रममा शहीद र ज्यान गुमाएका छन् ।’

मधेश आन्दोलनका क्रममा शहीद भएका परिवारजनले मधेश प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवसको अवसरमा ३ लाखको दरले अनुदान दिएको थियो । त्यस्तै, जनयुद्धका शहीद भएका परिवारजनलाई मधेश सरकारले एक लाख दिने तयारी गरेको ती कर्मचारीले बताए ।

जनयुद्ध दिवसको अवसरमा सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा एक भव्य कार्यक्रमको आयोजना गरी शहीद परिवारजनलाई सहयोग गर्ने कार्यक्रम रहेको उनले बताए ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ७ : ४५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल साउन १६ गते शुक्रबार। साउन

आज २०८२ साल साउन १६ गते शुक्रबाको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १६ गते शुक्रबार। साउन

विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित

काठमाडौं – नेपालमा मनसुन भित्रिएको दुई महिना पूरा भएको छ

माओवादीमा चुलिँदै दुई लाइन संघर्ष, प्रचण्डप्रति सार्वजनिक रुपमै पोखिन थाल्यो असन्तुष्टि

काठमाडौं- नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल

मधेसमा सुक्खाः बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन

काठमाडौं – राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेसमा