चितवनस्थित कुखुरा फर्ममा बर्डफ्लु देखियो | Khabarhub Khabarhub

चितवनस्थित कुखुरा फर्ममा बर्डफ्लु देखियो


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्मको कुखुरामा बर्डफ्लु पुष्टि भएको छ ।

फर्म रहेका लेयर्स कुखुरा रोगको कारण मर्न थालेपछि नमुना संकलन गरेर परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो ।

फर्मको कुखुरा मर्न थालेपछि माघ २५ गते नमुना संकलन गरी काठमाडौँ पठाइएकोमा बिहीबार संक्रमण पुष्टि भएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरामा बर्डफ्लुको एचपाइभ एनवान संक्रमण देखिएको बताएका छन् ।

बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको आज बसेको बैठकले बर्डफ्लु नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको सीडीयो तामाङले बताए ।

फर्ममा रहेका सबै कुखुरा नष्ट गरिने र फर्म वरिपरि १ सय मिटरभित्र रहेका कुखुरासमेत नष्ट गर्ने निर्णय भएको उनले बताएका छन् ।

फर्ममा चार हजार कुखुरा रहेकोमा दुई हजार तीन सय कुखुरा रोगका कारण मरिसकेका छन् ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ८ : ३८ बजे

महिला टी–२० विश्वकप : भारतले पाकिस्तानलाई हरायो

काठमाडौं – आइसीसी महिला टी–२० क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित

एनपीएलमा विनोद भण्डारी सुदूरपश्चिमबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विकेटकिपर ब्याट्सम्यान विनोद

सुदूरपश्चिमबाट बाहिरियो मनसुन

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली

अन्तिममा बिक्री भए शरद, एनपीएल चितवनबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा ब्याट्सम्यान शरद भेस्वाकरलाई

इजरायलको बस स्टेशनमा आक्रमण, एक महिलाको मृत्यु

काठमाडौं – इजरायलको एउटा बस स्टेशनमा आक्रमण भएको छ ।