राज्य व्यवस्था समितिको बैठक रोकियो « Khabarhub

राज्य व्यवस्था समितिको बैठक रोकियो


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । आज बोलाइएको बैठक बस्न नसकेको हो ।

यसैबीच, बैठक सभामुख अग्निप्रसाद सापकोटाको हस्तक्षेपका कारण बस्न नसकेको काँग्रेसले आरोप लगाएको छ ।

‘समिति माओवादीको भागमा रहेका भए पनि कतै कांग्रेसको हातमा जाने त होइन भन्ने त्रासमा सभामुखले बैठकमा हस्तक्षेप गरे’ काँग्रेसका एक सांसदले भने ।

मुलुकको सुरक्षा व्यवस्था, सार्वजनिक प्रशासन, स्वच्छ निर्वाचन, संवैधानिक आयोगहरूको प्रभावकारिता तथा शान्ति प्रकृयासँग सम्बन्धित निकायका क्रियाकलापलाई संसदीय निगरानी गर्ने राज्य व्यवस्था समिति अहिले सभापतिविहीन छ ।
माओवादीको भागमा परेको समितिको सभापति शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बनेसँगै सभापति पद खाली भएपछि गत बुधबारको बैठकले जेष्ठताका आधारमा कांग्रेस सांसद देवेन्द्रराज कँडेलले अध्यक्षता गर्ने गरी आजका लागि बैठक बोलाइएको थियो ।

‘बुधबारको बैठकबाट ज्येष्ठ सदस्यको नाताले देवेन्द्रराज कँडेललाई सभापति चयन गरिएको थियो’ जसपा सांसद राजकिशोर यादवले भने ।

स्थानीय चुनावका विषयमा निर्वाचन आयोगसँग छलफल गर्ने तय भएको बैठकमा सहभागी हुनका लागि समितिकी सचिव बविता मिश्रले पत्रसमेत लेखेकी थिइन् तर सापकोटाले हस्तक्षेप गर्दा बैठक रोकिएको आशंका काँग्रेसले गरेको छ ।

सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने र बहुमतप्राप्त सदस्य सभापति निर्वाचित हुने व्यवस्था छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  १० : २४ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि