आज शनिबार, मूर्तिमा गर्नु हुँदैन शनिको पूजा | Khabarhub Khabarhub

आज शनिबार, मूर्तिमा गर्नु हुँदैन शनिको पूजा


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिन्दु धर्ममा विश्वास राख्ने मानिसहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ । विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन् ।

आज शनिबार शनिदेवको पूजा गर्ने चलन रहेको छ । शनि देवको पूजा गर्दा एउटा कुराको ध्यान राख्नु जरूरी छ, शनिदेवलाई आफ्नो मूर्तिको समक्ष पूजा गरेको मन पर्दैन । त्यसैले शनिको आराधना सदैव त्यो मन्दिरमा मात्र गर्नुपर्दछ जहाँ शनिदेव शिला रूपमा विराजमान हुन्।

यसको अलावा शनिदेवको आराधना उनको प्रतीक मानिने शमी या पीपल को वृक्षको पनि गर्नु पर्दछ । शनिदेवको पूजा शनिबार मात्र गर्नु पर्दछ ।

यसरी गरौँ पूजा

शनिवारको पूजा गर्दा यो कुराको ध्‍यान राखौँ । यस दिन पीपलको रुखको जरामा नै जल अर्पण गरौँ।

यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेलको दीप जलाउ । शनिको पूजा गर्नु भन्दा पहिले आफ्नो आचरण स्‍वच्‍छ राख्नु पर्दछ। यसको अलावा शनिबारको दिन बेलुका गरीबलाई भोजन गराउँदा शनिदेव प्रसन्न हुन्छन् र यसले पुण्‍य प्राप्त हुन्छ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ५ : ५९ बजे

राष्ट्रका नाममा मोदीको सम्बोधन : भारतले पाकिस्तानलाई कडा जवाफ दिएको छ

नयाँ दिल्ली— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाम सम्बोधन

पूर्वी नवलपरासीको चोरमारामा पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग ठप्प

काठमाडौं – नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गत चोरमाराको पुल भाँचिएको छ ।

कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

उपप्रधानमन्त्री सिंहले भने : देश स्थिरतासहित समृद्धितर्फ अघि बढेकाे छ

नुवाकोट – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको विकासबाट

समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह

सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल