भीमले व्रत बसेको भीमा एकादशी आज, यस्तो छ महिमा « Khabarhub

भीमले व्रत बसेको भीमा एकादशी आज, यस्तो छ महिमा


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज भीमा एकादशी । माघ शुक्ल पक्षमा पर्ने एकादशीलाई भीमा एकादशी भनिन्छ । अन्य एकादशीहरु झैं भीमा एकादशीलाई पनि पाप हरण गर्ने एकादशीको रुपमा मानिन्छ ।

भीमा एकादशीको ब्रतले भोग र मोक्ष दुवै प्राप्त हुने धार्मिक विश्वास छ । आज भगवान बिष्णुको नाम लिने तथा आराधना गरे, रात्री जाग्राम बसे र बिष्णुको किर्तन गरे श्रीहरीको कृपा प्राप्त हुने मान्यता छ । यस एकादशीमा भगवान बिष्णुलाई धुप, दिप तथा नैवेद्यले पूजा गर्ने धार्मिक परम्परा छ ।

पाण्डव मध्येका माइला भीमसेनले ब्रत बसेका कारण यस एकादशीको नाम भीमा एकादशी हुन गएको पौराणिक मान्यता छ । भीमले एकादशीको ब्रत बसेका कारण सबै पितृ ऋणबाट मुक्त भएको गरुड पुराणमा उल्लेख छ । भीमा एकादशीको ब्रतले सबै पापहरु नष्ट हुने र मानिसलाई सुमार्ग प्रदान गर्ने र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

भीमा एकादशीका दिन बिष्णुरुपि वराहदेवको स्वर्ण प्रतिमा बनाएर ताम्रपत्रमा स्थापना गरी सेतो ब्रस्त्रले ढाकेर दिप प्रज्वलन गरी “ॐ वराहाय नमः“ मन्त्र उच्चारण गरे श्रीहरीको कृपा प्राप्त हुने धार्मीक विश्वास छ । यसरी गरिएको वराह पूजाले समस्त मानव प्राणी पितृ, गुरु र देव तीनै ऋणबाट मुक्त हुने मान्यता छ ।

भीमा एकादशीको ब्रतबाट ब्रम्ह हत्या, सुरापान, सुनको चोरी, गुरु पत्नि गमन जस्ता पापहरु नास गर्ने शक्ति प्राप्त हुने मान्यता छ । यस एकादशीको व्रत बसे नैमिषक्षेत्र, कुरुक्षेत्र, प्रभासक्षेत्र, यमुना, गङ्गा लगायत सबै तीर्थहरु पुगे बराबर धर्म प्राप्त हुने मान्यता छ । भीमा एकादशीको ब्रत अन्य पुण्य कर्महरु भन्दा ठुलो मानिन्छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ६ : ०८ बजे

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी