पोचेटिनोलाई किन चाहन्छन् म्यान्युका खेलाडी ?  « Khabarhub

पोचेटिनोलाई किन चाहन्छन् म्यान्युका खेलाडी ? 



काठमाडौँ – पछिल्लो पाँच खेलदेखि रोनाल्डो गोलविहीन छन् । म्यान्चेष्टर युनाईटेड ‘म्यान्यु’ ले उपाधि जित्ने प्रमुख हतियारका रुपमा रोनाल्डोलाई बुझ्दै आएको छ ।

तर युभेन्ट्सबाट लण्डन आइपुगेका रोनाल्डोले सोचेअनुसार गोल गर्न सकिरहेका छैनन् । त्यति मात्रै होइन, गएको सिजन दोस्रो स्थानमा रहेको म्यान्चेष्टर युनाईटेड चौथो स्थानका लागि संघर्ष गरिरहेको छ ।

वर्षौपछि ओले सोल्सायरको नेतृत्वमा म्यान्यु दोस्रो स्थानमा उक्लिए पनि यो सिजन त्यो प्रदर्शन दोहोर्याउन सकेन । प्रिमियर लिगमा चौथो स्थानको लागि संघर्ष गर्ने बाध्यतामा परेको म्यान्युका खेलाडी अहिले झन् असन्तुष्ट हुन थालेका छन् ।

प्रशिक्षक राल्फ रागिनिकको रणनीति सफल नभएपछि ड्रेसिङ रुममा खेलाडी नै नयाँ प्रशिक्षकको चाहना राख्न थालेका छन् । यस्तोमा प्रिमियर लिगका अनुभवी प्रशिक्षक मौरिसियो पोचेटिनोको नाम अगाडि आएको छ ।

जो अहिले पीएसजीका प्रशिक्षक छन् । जो फ्रेन्च क्लबमा सन्तुष्ट हुन नसकेको रिपोर्ट आइरहेका छन् ।

पोचेटिनो प्रिमियर लिग फर्किन खोजिरहेका छन् । संसारकै सबैभन्दा चर्चित र चुनौतीपूर्ण लिगमा पोचेटिनो टोटेनह्मका अनुभवी पूर्व प्रशिक्षक हुन् । टोटेनहमलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्‍याए पनि पोचेटिनो च्याम्पियन बन्न सकेनन । सोहीकारण उनी टोटेनहमबाट बर्खास्तीमा परे । पीएसजी पुगे ।

तर त्यो बर्खास्तपछि न पोचेटिनो खुशी छन् । न त टोटेनहम नै । यो सम्भावना जिवित रहेका बेला म्यान्चेष्टर युनाईटेडका खेलाडी भने पोचेटिनो चाहिरहेका छन् ।

म्यान्युको नयाँ सीइओमा रिचार्ड आर्नोल्ड नियुक्त भएसँगै पोचेटिनोको चर्चा बढेको हो । अनुभवी खेलाडीले टोटनह्यामका पूर्व व्यवस्थापक मौरिसियो सो पदको लागि उपयुक्त भएको बताइरहेका छन् । उनको क्षमतालाई पनि खुल्ला रुपले छलफल गरिएको रिपोर्ट बाहिर आएका छन् ।

म्यान्युको नयाँ प्रशिक्षकका लागि एरिक टेन ह्यागसँगै सर्टलिस्ट भएका ५ प्रशिक्षकमा मौरिसियो पनि एक हुन् । जारी सिजनको अन्तिममा यूनाईटेडले नयाँ व्यवस्थापकमा मौरिसियो नियुक्त गर्ने सम्भावना बढेको छ ।

फ्रान्सको लिग–वानमा पीएसजीलाई १३ अंकसहित तालिकाको शीर्ष स्थानमा पुर्‍याएबापत पनि मौरिसियोले धेरै आलोचना खेप्नु परेको थियो । आगामी च्याम्पियन्स लिगको १६ औं चरणमा रियल म्याड्रिडले पीएसजीलाई पराजित गरेको खण्डमा मौरिसियो बर्खास्तीमा पर्ने पक्कापक्की जस्तै छ ।

किनकि उनको ‘ट्युनिङ’ लियोनल मेस्सी र नेयमारसँग मिल्न सकेको देखिँदैन । फुटबल शैली र युवा खेलाडीसँगको प्रशिक्षणको लगावले ४९ वर्षीय मौरिसियोको नियुक्तिको सम्भावना बढेको हो । तर म्यान्यु व्यवस्थापनले अन्तिम निर्णय गर्न बाँकी छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ९ : ४० बजे

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौं–  प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम

फ्यानसेपको पोषण सुरक्षा कार्यक्रम : उत्पादनसँगै पोषण चेतना वृद्धि, दुई पालिकामा २२० समूह लाभान्वित

दोलखा– वैतेश्वर गाउँपालिका–५ मैनापोखरीस्थित कार्की गाउँका महिलाहरू अहिले घर आँगनमै

गणेश पराजुलीले भने- सरकारले कामै गरेन भन्नेको भ्रम चिर्दै अघि बढ्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारेमा