दलित आयोगको एक वर्षको काम सार्वजनिक « Khabarhub

दलित आयोगको एक वर्षको काम सार्वजनिक


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– राष्ट्रिय दलित आयोगका केन्द्रीय सदस्य तथा प्रवक्ता सुन्दर पुर्कुटीले दलित समुदायको समस्या समाधान गर्न राष्ट्रिय दलित आयोग गठन भएको बताएका छन् । समाजमा दलितप्रति हुने विभेद र असाहयहरूप्रति सजक रहँदै यस्ता समस्या समधान गर्न आयोग गठन भएको उनको भनाइ छ ।

आयोग गठन भएको एक बर्ष पूरा भै रहँदा दलितहरूको थुप्रै समस्या समाधान एजेन्डाको रुपमा समावेश गरिएको उनले जनाएका छन् । शनिवार गाईघाटमा पत्रकारहरूसँग भेटघाट गर्दै उनले एक बर्ष पूरा भई रहँदा आयोगका काम, कार्यविधिहरूलाई १६ बुँदा समेटेर प्रस्तुत गरेका छन् ।

आयोगले मुख्यतया दलित समुदायको समग्र स्थितिको अध्ययन तथा अन्वेषण, नीतिगत कानुनी र संस्थागत सुधारका लागि सरकारलाई सिफारिस, जातीय छुवाछुत साथै विभेदको अन्त्य गर्न अनुगमनको काम अगाडी बढाएको उल्लेख छ ।

आयोगको बैठक सञ्चालन कार्यविधिको कार्यान्वयन, दलितहरूको विभिन्न घटना समस्याहरूलाई कार्वाहीको सिफारिस, दलितहरूको मुख्य समस्या र राष्ट्रियस्तरको ४३ वटा घटनाका उजुरी सम्बन्धमा आवश्यक छानबिनको लागि पत्र, राजनीतिक दलहरूमा दलित समावेशीका लागि पत्र, विभेदका घटना अन्त्यका लागि सचेतनामुलक कार्यक्रम जस्ता महत्वपूर्ण क्रियाकलाप गरीरहेको उल्लेख गरिएको छ ।

नेपालमा राष्ट्रिय दलित आयोग ढिलो गठन भएको समेत उनले जनाए । आयोग समयमै गठन नहुँदा दलितहरूको विभिन्न समस्याहरू संविधानमा लेख्न छुटेको समेत उनले जनाए । पहिल्यै आयोग गठन भएको भए दलितहरूले पछिल्लो समयसम्म विभेद भोगि राख्नुपर्ने अवस्था नआउने उनले जनाए ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  १ : ४५ बजे

भस्मेखोला निमकोट लप्से सिँचाइ कुलो निर्माण धमाधम हुँदै

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-३ निमकोट र लप्सेका खेतीकिसानका लागि महत्त्वपूर्ण

वायु प्रदूषण घटाउ विश्व बैंकबाट सात अर्ब सात करोड बढी सहयोग

काठमाडौँ– विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर

मध्यपूर्व तनाव : इजरायल र अमेरिकी सैन्य अखडा लक्षित इरानी आक्रमण

एजेन्सी – मध्यपूर्वमा युद्धको ज्वाला थप दन्किएको छ । इरानले

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा जङ्गली जनावर प्रभावित क्षेत्रमा एक करोड ६७

सुनको मूल्य बढ्यो, कतिमा कारोबार भइरहेछ ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल