काँग्रेस प्रवक्ता डा. महत भन्छन्–एमसीसीमा बखेडा झिक्नु गलत प्रवृत्ति | Khabarhub Khabarhub

काँग्रेस प्रवक्ता डा. महत भन्छन्–एमसीसीमा बखेडा झिक्नु गलत प्रवृत्ति


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई हेर्ने दृष्टिकोण अन्य देशहरूलाई जस्तै हुनुपर्ने बताए ।

अन्य देशको सहयोगलाई हेर्ने दृष्टिकोण र एमसीसीलाई हेर्ने दृष्टिकोण फरक बनाउँदा परराष्ट्र सम्बन्धमा असन्तुलन आउने उनको भनाइ छ । उनले भने, ‘देशैपिच्छे अलग मापदण्डका आधारमा सहायता स्वीकार गर्ने हो भने परराष्ट्र सम्बन्ध असन्तुलन हुन्छ र देशलाई खतरा हुन्छ ।’ एमसीसीका विषयमा अन्योल खडा नगरी संसद्बाट पास गर्नुपर्ने उनको तर्क छ । उनले थपे, ‘एमसीसीमा अहिलेसम्म सरकारमा सहभागी दलहरूको सहभागिता रहेको छ । नेपालको स्वार्थका आधारमा आएको हो, बखेडा झिक्नु गलत प्रवृत्ति हो ।’

नेता महतले सरकारले ल्याएका प्रस्ताव संसद्मा टेबुल गराउनु सभामुखको दायित्व रहेको बताए । उनले भने, ‘सरकारले ल्याएको प्रस्तावमा सभामुखले म यो संसद्मा पेश गर्छु, यो गर्दिनँ भन्ने जिम्मेवारीभित्र पर्दैन ।’ संसद्मा छलफल भए यस विषयमा निकास निस्कने उनको भनाइ छ ।

फरक प्रसङ्गमा बोल्दै उनले कांग्रेस अधिवेशन रोकिएका १६ जिल्लामा फागुन १३ गते अधिवेशन हुने बताए । पहिला कोभिडका कारण रोकिएका अधिवेशन अब भने तोकिएको मितिमै हुने उनले बताए ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ कि हुँदैन भन्ने पत्रकारको प्रश्नमा उनले यस विषयमा अहिले बहस गर्ने समय नभएको बताए । उनले भने, ‘गठबन्धनका विषयमा समय आएपछि छलफल हुन्छ ।’ दलहरुले आ–आफ्नो आवश्यकतानुसार छलफल गरेरमात्रै गठबन्धनका विषयमा टुङ्गो लाग्ने उनले
जानकारी दिए । फाइदाका आधारमा गठबन्धनको निर्णय हुने उनको भनाई थियो ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  २ : ३० बजे

माओवादीको आह्वानमा कांग्रेस-एमालेबाहेकका दलको बैठक सिंहदरबारमा

काठमाडौं- सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका राजनीतिक दलहरूको संयुक्त

अनलाइन सञ्चारमाध्यम दर्ताको नयाँ व्यवस्था स्वीकारेर अघि बढौँ : सञ्चार मन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन सञ्चारमाध्यमको

गोसाइकुण्डमा स्वास्थ्य शिविर सञ्चालन

रसुवा– जनैपूर्णिमा पर्वका अवसरमा पवित्र धार्मिक तीर्थ गोसाइँकुण्ड पुग्ने भक्तजनको

बीवाईडीले लन्च गर्‍यो अल-न्यु बीवाईडी एट्टो १, यस्तो छ अफर

काठमाडौं– साइमेक्स इंक प्रालिले इलेक्ट्रिक ह्याचब्याक बीवाईडी एट्टो १ आधिकारिक

अस्पताल विकास समितिहरूलाई एकीकृत गर्न नयाँ ऐनको मस्यौदा तयार 

काठमाडौं– देशभरका  प्रमुख संघीय अस्पतालहरूलाई एउटै कानुनी संरचनामार्फत सञ्चालन तथा