आठ वर्षमा २० प्रतिशतमात्रै काम सम्पन्न | Khabarhub Khabarhub

आठ वर्षमा २० प्रतिशतमात्रै काम सम्पन्न


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी–डोटीको शिखर नगरपालिका–१० बानीडुग्रीसैनस्थित सेती नदीमा निर्माणाधीन पुलको काम आठ वर्षमा जम्मा २० प्रतिशतमात्रै काम सम्पन्न भएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न सक्ने भनेर सम्झौता गरिएको भए पनि ठेकेदारको लापरवाहीका कारण उक्त पुलको अहिलेसम्म जम्मा २० प्रतिशतमात्रै सम्पन्न भएको छ ।

विसं २०७४ असार २९ गते काम सम्पन्न गर्ने गरी विसं २०७१ मा ठेक्का सम्झौता भएको सो पुल हालसम्म २० प्रतिशतमात्रै काम सम्पन्न भएको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन कुलपातेले जनाएको छ ।

विसं २०४९ मा निर्माण सुरु भएको सातनाली मेल्लेक सडकलाई केआइसिंह राजमार्गसँग जोड्ने पुल निर्माण गर्न विसं २०७१ असार २९ गते सम्झौता भएको थियो । तीनवर्षे पहिलो ठेक्का सम्झौता अवधि सकिएर चारपटक म्यादसमेत थप भइसक्दा पनि काम सम्पन्न नभएको भन्दै यहाँका नागरिक आक्रोशित भएको स्थानीयवासी तथा नेकपा (एकीकृत समाजवादी)का नेता इन्द्र बलायरले बताए । उनले भने, ‘पुल बनाउन दिएको समय सकिइसक्यो, पटक–पटक म्याद थप्दा पनि पुलको काम गर्दैन, सम्बन्धित निकाय पनि वास्ता गर्दैनन्, काम नगर्नेलाई कारबाही गरिनुपर्छ ।’

उनका अनुसार हालको सम्झौताअनुसार ठेक्काको अन्तिम म्याद २०७८ चैत मसान्तसम्म छ । मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु २६ करोड २० लाख लागतमा निर्माण हुने भनिएको ३२० मिटर लामो उक्त आरसिसी पुल निर्माणका लागि डिभिजन सडक कार्यालय कुलपाते दिपायलले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको डिभिजन कार्यालयका सूचना अधिकारी तथा इञ्जीनियर योगेन्द्रबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार ठेकेदारले कोरोना सङ्क्रमणका कारण कामदार नपाएको भन्दै बहना बनाउँदा काम सञ्चालन हुनसकेको छैन ।

डिभिजन सडक कार्यालयका अनुसार पुल निर्माणको जिम्मा पाएको पुष्प–राजेन्द्र जेभी कम्पनीले हालसम्म रु तीन करोड २१ लाख भुक्तानी लिइसकेको छ । पुल निर्माण सुरु भएपछि आफूहरू पनि सडक सञ्जालमा जोडिने आशामा बसेका यहाँका स्थानीयवासी निराश भएका अर्का स्थानीयवासी रामबहादुर धामीले बताए । उनले भने, ‘पुल निर्माण होला र राजमार्गसँग जोडिउँला भन्ने हाम्रा सपना सबै खरानी भए, पुल बन्ने छाँटकाँट देखिएन ।’

उता पुल निर्माणको जिम्मा पाएको पुष्प–राजेन्द्र जेभीले फाउण्डेशनमा समस्या भएका कारण काममा ढिलाइ भएको जिकिर गर्दै आएको छ । निर्माण कम्पनीका सञ्चालक भीमबहादुर साउद डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका नगरप्रमुख भएका कारण पनि उनलाई कसैले पनि कारबाही गर्न नसकेको स्थानीयवासीको आरोप छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ३ : १४ बजे

भारत–अमेरिका व्यापार वार्ता असफलताको अन्तर्य

काठमाडौं- पाँच चरणको व्यापार वार्तापछि भारतीय अधिकारीहरू अमेरिकासँग अनुकूल सम्झौता

हिरोसिमा र नागासाकी पुगेर जापानीले सम्झिए आणविक हतियारको पीडा

आजभन्दा ठिक ८० वर्षअघि। अगस्ट महिनाको महिनाको ६ देखि ९

मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने

झापा– झापाको कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले

४१ स्थानमा सशस्त्रको मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना

काठमाडौं– सशस्त्र प्रहरीले काठमाडौं उपत्यकासहित देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य

कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य