स्थानीय निकाय निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा « Khabarhub

स्थानीय निकाय निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही–जिल्लाका केही स्थानीय नियकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक कामकाजमा असर परेको छ । जिल्लाका २० स्थानीय निकायमध्ये अहिले विभिन्न स्थानीय निकाय प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् भने केही पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालित छन् ।

हरिवन नगरपालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुँडाल नगरपालिका छाडेर गएको करिब एक महिना हुनै लाग्दा पनि मन्त्रालयले नयाँ प्रशासकीय अधिकृत पठाएको छैन ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको कामकाजमा असर परेपछि नगर कार्यपालिकाको बैठकले नगरपालिकाको शिक्षा शाखामा कार्यरत उपसचिव नवराज निरौलालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको वडानं ११ का वडाध्यक्ष शेष मेहबुब रेजाले जानकारी दिए ।

हरिपुर नगरपालिकामा पनि अहिले सामाजिक विकास शाखाका अधिकृत विनय पौडेलले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । यता चक्रघट्टा, रामनगर र धनकौल गाउँपालिकालगायत पालिकामा पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा काम सञ्चालित भइरहेको छ ।

अधिकांश स्थानीय निकायमा जनप्रतिनिधिसँगको खटपटपछि प्रमुख प्रशासकीय अधिकृत सरुवा गराएर जाने क्रम बढेको बताइएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार नहुने भएकाले स्थानीय निकायमा विकास निर्माणका काममा असर परेको छ । जनप्रतिनिधिले नियमविपरीत काम गर्न दबाब दिएपछि प्रमुख प्रशासकीय अधिकृत धमाधम सरुवा भएर जाने र अर्को प्रमुख प्रशासकीय अधिकृत आउन नमान्दा यस्तो समस्या आइपरेको हो ।

करिब दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको बरहथवा नगरपालिकामा भने नयाँ प्रशासकीय अधिकृत यही सोमबार हाजिर भएका छन् । राजविराज नगरपालिका सप्तरीबाट उपसचिव मदनकुमार थापा सरुवा भएर आउनुभएको को वडा नं १ का वडाध्यक्ष रत्नबहादुर गिरीले जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ४ : ३० बजे

‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन– चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफ्नो उत्पादनको बिक्री

स्व. सुरेश मानन्धरलाई राष्ट्रिय झण्डासहित श्रद्धाञ्जली अर्पण गरियो

काठमाडौं– हृदयघातका कारण निधन भएका भाषा आयोगका सदस्य, साहित्यकार एवं

भोजपुरका किसानलाई हिउँदे आलु थन्काउन भ्याइनभ्याइ

भोजपुर– यहाँका किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्

बढ्दो हिंसाविरुद्ध काठमाडौंमा खबरदारी प्रदर्शन (तस्बिरहरू)

काठमाडौं–  दलित समूदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै दलित अधिकारकर्मी

घाइते भएको हल्लाबीच सर्वोच्च नेता मोजताबा खामेनी सुरक्षित

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मोजताबा खामेनी युद्धका क्रममा घाइते