कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते चैतमा « Khabarhub

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते चैतमा


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कराते महासंघ नेपाल, लोकतान्त्रिक खेलकुद संघ र जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको संयुक्त आयोजनामा प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता चैत अन्तिम साता हुने भएको छ ।

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्व प्रधानमन्त्री स्व.भट्टराईको स्मृतिमा हुन लागेको प्रतियोगिता २४ देखि २६ चैतसम्म हुने आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ गरी १० टिमको सहभागिता रहने छ । एकल र टिम कातासहित पुरुषमा ११ तथा महिलामा १० गरी २१ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुषमा एक सय १० र महिलामा एक सय गरी दुई सय १० खेलाडीको सहभागिता रहने छ । टिम च्याम्पियनलाई एक लाख नगद पुरस्कार दिइने छ भने उत्कृष्ट पुरुष महिला खेलाडीलाई पनि नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङले यसै प्रतियोगिताबाट चीनमा हुने १९ औँ एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने बताए । करातेका प्रमुख प्रशिक्षक हीरासिंह डंगोलले प्रत्येक तौल समूहबाट चार खेलाडीका दरले २१ स्पर्धामा ८४ खेलाडीको प्रारम्भिक छनोट गरिने बताए ।

राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष समेत रहेका प्रतियोगिताका मुख्य योजनाकार मिनकृष्ण महर्जनले कोभिडले सुस्ताइरहेको खेल क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिताले मद्दत पुग्ने बताउँदै खेलाडीको मनोबल उकास्न पनि प्रतियोगिता सहयोगी साबित हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ५ : ३० बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)