दार्चुलामा खसेको भारतीय बेलुन मौसम विभागको ! « Khabarhub

दार्चुलामा खसेको भारतीय बेलुन मौसम विभागको !


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दार्चुलाको नौगाड गाउँमा बिहीबार राति आकाशबाट विद्युतीय उपकरण जोडिएको बेलुन खसेको छ ।

तीनवटा ब्याट्री जडान भएको विद्युतीय उपकरणजस्तो देखिने बेलुन बेलुका ८ बजेतिर खसेको वडा नम्बर ३ खारका स्थानीय अर्जुनसिंह ठगुन्नाले बताए ।

आकाशमा उडिरहेको बेलुनमा भारतीय मोबाइल नम्बर भएको ब्याट्री रहेको बेलुन विद्युतको पोलमा ठोक्किएको उनले बताए । सो विद्युतीय उपकरणमा मेमोरी कार्ड जस्ता प्लेटहरू र जडान गरिएका तीनवटा ब्याट्रीहरू थिए।

दिइएको मोबाइल नम्बरमा कल गर्दा उक्त बेलुन उत्तराखण्डको राजधानी देहरादुनस्थित भारतीय मौसम विज्ञान विभागले वायुमण्डलीय तथ्याङ्क सङ्कलन गर्न सो यन्त्र जडान उडाएको प्रतिक्रिया दिएको ठगुन्नाले बताए ।

नौगाड गाउँ योजना शाखाका अधिकृत नरेन्द्र ठगुन्ना र विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णसिंह ठगुन्नासहितको टोली पनि घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर माधव विश्वकर्माले घटनाको अनुसन्धानका लागि प्रहरी टोली खटाइएकाले विस्तृत जानकारी नआएको बताइएको छ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ९ : ४५ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष