भाँचियो अरुण नदीको बेलिब्रिज « Khabarhub

भाँचियो अरुण नदीको बेलिब्रिज


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – जिल्लाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ ।

मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । आज दिउँसो निर्माण सामग्री बाकेको ‘लो वेट’ ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।

प्रजिअ खतिवडाका अनुसार निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएको तीनवटा ट्रक पुल भाँचेपछि अरुण नदीमा खसेको बताए । ट्रकमा सवार चालक र सहचालक भने सकुशल नै रहेको मकालु गाउँपालिका–५ का कार्यपालिका सदस्य पुरन याम्फुले बताए ।

अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको कार्यपालिका सदस्य याम्फुले बताए । पुलको भन्दा बढी क्षमताभन्दा सामग्री बोकेर एकै पटक तीनवटा ट्रक तर्ने क्रममा फुल भाँचिएको कार्यपालिका सदस्य याम्फुले बताए । तीनवटै ट्रक हाइड्रो पावरको निर्माण सामग्री लिएर वालुङतर्फ गएको याम्फुले बताए ।

पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीनवटै ट्रक नदीको बीचमा पुलमा अल्झिएको अवस्थामा रहेको उनले बताए। चालक र सहचालकलाई भने स्थानीयले उद्धार गरेका छन् । २०७५ सालमा इप्सुवा हाइड्रपावरले अरुण नदीमा निर्माण सामग्री लैजान बेलिब्रिज निर्माण गरेको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ७ : ५२ बजे

लहानका डेन्टल क्लिनिक : चिकित्सकको नाम बोर्डमा, गैरचिकित्सकबाट उपचार

सिरहा– यहाँको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार

एमएडब्ल्यू अर्थमुभर्सले ल्यायो जेसीबी थ्रिडीएक्स सुपरका लागि ‘बाइ ब्याक ग्यारेन्टी’ योजना

काठमाडौं– नेपालमा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्स अर्थमुभर्सले

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप

काठमाडौंं– पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप करिब

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौं– नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’ (विशेष