बिनायात्रु कुर्था–जयनगर रेल सञ्चालन | Khabarhub Khabarhub

बिनायात्रु कुर्था–जयनगर रेल सञ्चालन


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाल सरकारले खरिद गरेको झण्डै १७ महिनापछि कुर्था–जयनगर रेल सेवा नियमित रूपमा सञ्चालनमा आएको छ ।

कुर्था–जयनगर रेल सेवा ड्राई रन अर्थात् यात्रुबिना दैनिक एक पटक नियमित रूपमा सञ्चालन गरिने गरी आइतबारबाट सञ्चालनमा आएको हो ।

भारतीय सरकारको रेल्वे कम्पनी केआरसीएलका डीजीएम इनायत हुसेनको नेतृत्वको टोलीमा रहेका रेल चालक देवनारायण राय धनुषाको ईनवाबाट रेल गुडाएर कुर्थासम्म ल्याएका थिए । साढे ९ बजेदेखि ईनवाबाट गुडेको रेल करिव साढे ११ बजे जनकपुरको हल्टमा पुगेको थियो ।

रेल्वे ट्रयाक नयाँ भएको र सर्वसाधारणमा अझै जनचेतना नभएर कुनै पनि वेला ट्रयाकमा आउने सक्ने भएकाले विस्तारै आएको उनले बताए । रेल नियमित रूपमा सञ्चालन भएको खण्डमा एक घटनाभन्दा कम समयमा कुर्था–जयनगरसम्म पुग्न सक्ने पनि चालक रायले बताए ।

कुर्था–जयनगरसम्म बनाईएको ट्रयाकमा बढीमा प्रतिघण्टा ११० किलो मिटरको गतिमा रेल कुदाउन सक्ने बताउँदै चालक रायले भने, ‘यो रेलको इन्जिन प्रतिघण्टा १४० किलो मिटरको स्पीडमा चल्ने क्षमताको छ । तर ट्रयाकको त्यो क्षमता छैन । फेरि नजिकै नजिकै हल्ट र स्टेशन भएकाले पनि सीमित गतिमा रेल चलाउन चालकलाई बाध्यातमक अवस्था हुन्छ ।’

नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गरेपछि मात्रै दैनिक तीन पटक यात्रुसहित संचालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । फागुन १० गतेभित्र उद्घाटन हुने सम्भावना रहेको पनि झाले बताएका छन् ।

अहिले भारतीय पक्षमा २६ जना कर्मचारीमध्ये १४ जना मात्रै आएका छन् । रेल उद्घाटनको समय निश्चत भएपछि ती सबै कर्मचारी आउने पनि उनले बताए । कम्पनीका ५९ जना तालिम लिएर तयार भइसकेको पनि महाप्रबन्धनक झाले जनाए ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ९ : ५२ बजे

कृषिमन्त्री अधिकारीले भने- पशु कल्याण ऐन छिट्टै जारी हुन्छ 

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यही सरकारको पालामा

मेराविरुद्ध नेताहरूले दिएको अभिव्यक्तिप्रति राजनीतिक प्रतिवाद गर्छु : रामकुमारी झाँक्री

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफूलाई

फर्सीको मुन्टा खानुका फाइदाहरू

काठमाडौं– हरियो सागपात मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

राजश्वमा ४० प्रतिशत सवारीकरको योगदान

रसुवा– भन्सार शुल्कको कुल आयमध्ये चालीस प्रतिशत राजश्व चिनियाँ सवारी

आगलागीबाट प्रभावितलाई राहत वितरण

काठमाडौँ- नेपाल–भारत मैत्री सङ्घले बाजुराको बूढीगङ्गा नगरपालिका–६ बाम्का बजारमा गत