मृत्युदन्ड दिइनुअघि यस्तो पत्र पठाएका थिए भ्यालेन्टाइनले | Khabarhub Khabarhub

मृत्युदन्ड दिइनुअघि यस्तो पत्र पठाएका थिए भ्यालेन्टाइनले


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आज फेब्रुवरी १४ अर्थात भ्यालेन्टाइन डे हो । भ्यालेन्टाइन डेबारे विभिन्न इतिहास, कथा र किस्सा सुन्नमा पाइन्छन् । त्यसमध्ये रोमनको एउटा घटना चर्चित छ ।

रोमका सन्त भ्यालेन्टाइनलाई यही दिन मृत्युदन्ड दिइएको विश्वास गरिन्छ । तत्कालिन शासकले उनलाई मृत्युदन्ड दिएको सम्झनामा प्रत्येक वर्ष १४ फेब्रुवरीलाई विभिन्न देशहरुमा भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको रुपमा मनाउछन् । भ्यालेन्टाइन डेको पछाडि दुःखद इतिहास लुकेको छ ।

सन् २७० मा रोमका शासक क्लउडिअस द्दितीय थिए । उनको शासन कालमा रोमनमा विभिन्न अलोकप्रिय र नरसंहार अभियान चलाइएका थिए । त्यसका लागि उनले सेनालाई एउटा मजबुदत अंग बनाउने निधो गरे । ठूलो संख्यामा सेनामा माग भए पनि मानिसहरु अनिच्छुक देखिए । आफ्ना पत्नी र परिबारप्रतिको आशक्तिका कारण रोमनी पुरुष सेनामा भर्ति हुन अनिच्छा देखाएको उनले निस्कर्ष निकाले ।

बिहे गरेपछि पुरुषको शक्ति नस्ट र बुद्धि भ्रष्ट हुने उनको मान्यता थियो । त्यसैलाई आधार मान्दै सन्की शासकले रोममा सम्पूर्ण विवाह र इन्गेजमेन्टमा रोक लगाए । क्लउडिअस घोषणाले सन्त भ्यालेनटाइनलाई असाह्य भयो । उनले क्लोडियसको विरोध मात्र गरेनन्  युवा प्रेमी प्रेमिकालाई गोप्य रुपमा विवाह गर्न उक्साए ।

उनको उक्साहटको पछि लागेर सेनालगायत केहीले विवाह गरे । सर्वसाधारण भड्काएको आरोपमा क्लउडिअसले भ्यालेन्टाइनलाई पक्राउ गर्न आदेश दिए । पक्राउको केही दिनमा नै उनलाई फाँसी सजाय सुनाइयो ।

आदेश पाएको केही दिनमै भ्यालेन्टाइनले कारागारका जेलरकी दृष्टिविहिन छोरीलाई एउटा प्रेम पत्र लेखेका थिए । पत्रको अन्त्मा उनलाई सम्बोधन गर्दै  फ्रम योर भ्यालेन्टाइन लेखेका थिए । मृत्यु हुनु केही घन्टाअघि उनले जेलरलाई भनेका थिए, ‘म मरेपछि मेरा आखाँ दृष्टिविहिन छोरीलाई दिनु ।’

अन्ततः १४ फेब्रुबरीमा भ्यालेन्टाइनलाई शिर छेदन गरेर मृत्युदन्ड दिइएको थियो । उनको सम्झनामा सोही समयदेखि विश्वभरका उनका अनुयायीले भ्यालेन्टाइन डे मनाउन थालेका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ९ : ४० बजे

भक्तपुरको झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

भक्तपुर– चाँगुनारायण नगरपालिकाले झौखेलमा सञ्चालित पाँच वटा खानेपानी उद्योगमाथि प्रतिबन्ध

राष्ट्रपति पौडेलद्वारा गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख

कम्बोडिया–थाइल्याण्ड द्वन्द्व तेस्रो दिन पनि जारी, मृतकको सङ्ख्या बढ्दै

काठमाडौं– थाइल्याण्ड र कम्बोडियाबीच गत बिहीबार शुरु भएको तनाव तेस्रो

रोटरीद्वारा एकै दिन ५० हजार वृक्षारोपण

झापा– रोटरी इन्टरनेसनलको ‘डिस्ट्रिक ३२९२’ले आज देशभर ५० हजार विरुवा

म्याग्दीको हिस्तान औलामा ‘एक घर, एक धारा’ सुविधा

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा ‘एक घर, एक धारा’सहितको