मृत्युदन्ड दिइनुअघि यस्तो पत्र पठाएका थिए भ्यालेन्टाइनले « Khabarhub

मृत्युदन्ड दिइनुअघि यस्तो पत्र पठाएका थिए भ्यालेन्टाइनले


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आज फेब्रुवरी १४ अर्थात भ्यालेन्टाइन डे हो । भ्यालेन्टाइन डेबारे विभिन्न इतिहास, कथा र किस्सा सुन्नमा पाइन्छन् । त्यसमध्ये रोमनको एउटा घटना चर्चित छ ।

रोमका सन्त भ्यालेन्टाइनलाई यही दिन मृत्युदन्ड दिइएको विश्वास गरिन्छ । तत्कालिन शासकले उनलाई मृत्युदन्ड दिएको सम्झनामा प्रत्येक वर्ष १४ फेब्रुवरीलाई विभिन्न देशहरुमा भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको रुपमा मनाउछन् । भ्यालेन्टाइन डेको पछाडि दुःखद इतिहास लुकेको छ ।

सन् २७० मा रोमका शासक क्लउडिअस द्दितीय थिए । उनको शासन कालमा रोमनमा विभिन्न अलोकप्रिय र नरसंहार अभियान चलाइएका थिए । त्यसका लागि उनले सेनालाई एउटा मजबुदत अंग बनाउने निधो गरे । ठूलो संख्यामा सेनामा माग भए पनि मानिसहरु अनिच्छुक देखिए । आफ्ना पत्नी र परिबारप्रतिको आशक्तिका कारण रोमनी पुरुष सेनामा भर्ति हुन अनिच्छा देखाएको उनले निस्कर्ष निकाले ।

बिहे गरेपछि पुरुषको शक्ति नस्ट र बुद्धि भ्रष्ट हुने उनको मान्यता थियो । त्यसैलाई आधार मान्दै सन्की शासकले रोममा सम्पूर्ण विवाह र इन्गेजमेन्टमा रोक लगाए । क्लउडिअस घोषणाले सन्त भ्यालेनटाइनलाई असाह्य भयो । उनले क्लोडियसको विरोध मात्र गरेनन्  युवा प्रेमी प्रेमिकालाई गोप्य रुपमा विवाह गर्न उक्साए ।

उनको उक्साहटको पछि लागेर सेनालगायत केहीले विवाह गरे । सर्वसाधारण भड्काएको आरोपमा क्लउडिअसले भ्यालेन्टाइनलाई पक्राउ गर्न आदेश दिए । पक्राउको केही दिनमा नै उनलाई फाँसी सजाय सुनाइयो ।

आदेश पाएको केही दिनमै भ्यालेन्टाइनले कारागारका जेलरकी दृष्टिविहिन छोरीलाई एउटा प्रेम पत्र लेखेका थिए । पत्रको अन्त्मा उनलाई सम्बोधन गर्दै  फ्रम योर भ्यालेन्टाइन लेखेका थिए । मृत्यु हुनु केही घन्टाअघि उनले जेलरलाई भनेका थिए, ‘म मरेपछि मेरा आखाँ दृष्टिविहिन छोरीलाई दिनु ।’

अन्ततः १४ फेब्रुबरीमा भ्यालेन्टाइनलाई शिर छेदन गरेर मृत्युदन्ड दिइएको थियो । उनको सम्झनामा सोही समयदेखि विश्वभरका उनका अनुयायीले भ्यालेन्टाइन डे मनाउन थालेका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ९ : ४० बजे

बलात्कारपछि हत्या प्रकरण : ट्यूसन पढ्न हिँडेकी इनिसा फर्केर आइनन्…

काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन्

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को