कास्कीमा साढे ४ वर्षभित्र ५७ हजार मतदाता थपिए « Khabarhub

कास्कीमा साढे ४ वर्षभित्र ५७ हजार मतदाता थपिए


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्कीभित्र पछिल्लो साढे चार वर्षमा ५७ हजारभन्दा बढी मतदाता थपिएका छन् । २०७४ को स्थानीय निर्वाचनपछि गत २४ माघसम्म ५७ हजार १२९ मतदाता थप भएका छन् ।

२०७४ सालमै भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि भने २६ हजार ४ सय ८८ मतदाता थपिएका छन् ।

योसँगै कास्कीमा अब दुई लाख ८१ हजार ९४० मतदाता कायम भएका छन् । सबैभन्दा धेरै पोखरा महानगरपालिकामा ३९ हजार ६३८ मतदाता थप भएका छन् भने सबैभन्दा कम रुपामा तीन हजार ३२९ जना थप भए ।

यस्तै, माछापुच्छ्रेमा चार हजार १६७, मादीमा पाँच हजार २०० र अन्नपूर्णमा चार हजार ७९५ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ । थपिएका मतदाता माथी दावी विरोधको समय अझै बाँकी रहेको कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ४ : ३० बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी