कोरियन भाषा परीक्षाको परीक्षा केन्द्र तोकियो, कसको परीक्षा केन्द्र कहाँ ? « Khabarhub

कोरियन भाषा परीक्षाको परीक्षा केन्द्र तोकियो, कसको परीक्षा केन्द्र कहाँ ?


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत कोरिया जान कोरियन भाषा परीक्षाका लागि फारम भरेका परीक्षार्थीको परीक्षा केन्द्र तोकिएको छ । ईपिएस शाखा कार्यालयले आज प्रकाशित गरेको सूचनामा यही जेठ २५ र २६ गते हुने कोरिया भाषा परीक्षाका लागि ३२ परीक्षा केन्द्र तोकिएको छ ।

ईपीएस कार्यालयले कुन सिम्बोल नम्बरका परीक्षार्थीको सीट कुन केन्द्रमा परेको छ भन्ने विस्तृत विवरण सार्वजनिक गरेको हो । विगतमा झै यस पटक पनि दुई सिफ्टमा परीक्षा हुनेछ ।

ईपीएस कार्यालयका अनुसार, पहिलो सिफ्ट बिहान ८ बजेदेखि र दोस्रो सिफ्ट बिहान ११:३० बजेदेखि हुनेछ ।
यस वर्षको परीक्षामा सहभागी हुन आवदेन दिएकामध्ये सबैभन्दा बढी उत्पादनतर्फ छन् । उत्पादनतर्फ ६३ हजार चार सय ८७ जना छन् भने कृषितर्फ २८ हजार आठ सय ८६ जना छन् ।

त्यस्तै, आवेदन दिनेमध्ये ७७ हजार तीन सय ९३ पुरुष र १४ हजार नौ सय ८३ महिला छन् । गत वर्षभन्दा १० हजार एक सय १२ आवेदन बढी परेको वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले जनाएको छ ।

हेर्नुहोस्, परीक्षा केन्द्र र परीक्षार्थीको सिम्बोल नम्बर :

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  १२ : १५ बजे

कीर्तिमानी युक्तको अन्त्येष्टिमा पुगेन गगन-सुधन (तस्बिरहरू)

 ‘ब्रोड पिक’ मा मृत्यु भएका पर्वतारोही  को अन्त्येष्टि (तस्बिरहरू) काठमाडौं-

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी

रुपन्देही– रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बुधबार र पर्सा

प्रियंकाको ‘मास्टर्नी’ : खिच्न सुरु गर्ने निर्देशक भारतीय, इन्ड क्ल्याप गर्ने सिमोस

काठमाडौं – नायिका प्रियंका कार्कीको शीर्ष भूमिका र निर्माण रहेको

पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने

भद्रपुर– झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा

सौरभको ‘साम्राज्य’मा सौगातको इन्ट्री

काठमाडौं – बिग बजेटको फिल्म भनेर निर्माण पक्षले दाबी गरेको