कोरियन भाषा परीक्षाको परीक्षा केन्द्र तोकियो, कसको परीक्षा केन्द्र कहाँ ? « Khabarhub

कोरियन भाषा परीक्षाको परीक्षा केन्द्र तोकियो, कसको परीक्षा केन्द्र कहाँ ?


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत कोरिया जान कोरियन भाषा परीक्षाका लागि फारम भरेका परीक्षार्थीको परीक्षा केन्द्र तोकिएको छ । ईपिएस शाखा कार्यालयले आज प्रकाशित गरेको सूचनामा यही जेठ २५ र २६ गते हुने कोरिया भाषा परीक्षाका लागि ३२ परीक्षा केन्द्र तोकिएको छ ।

ईपीएस कार्यालयले कुन सिम्बोल नम्बरका परीक्षार्थीको सीट कुन केन्द्रमा परेको छ भन्ने विस्तृत विवरण सार्वजनिक गरेको हो । विगतमा झै यस पटक पनि दुई सिफ्टमा परीक्षा हुनेछ ।

ईपीएस कार्यालयका अनुसार, पहिलो सिफ्ट बिहान ८ बजेदेखि र दोस्रो सिफ्ट बिहान ११:३० बजेदेखि हुनेछ ।
यस वर्षको परीक्षामा सहभागी हुन आवदेन दिएकामध्ये सबैभन्दा बढी उत्पादनतर्फ छन् । उत्पादनतर्फ ६३ हजार चार सय ८७ जना छन् भने कृषितर्फ २८ हजार आठ सय ८६ जना छन् ।

त्यस्तै, आवेदन दिनेमध्ये ७७ हजार तीन सय ९३ पुरुष र १४ हजार नौ सय ८३ महिला छन् । गत वर्षभन्दा १० हजार एक सय १२ आवेदन बढी परेको वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले जनाएको छ ।

हेर्नुहोस्, परीक्षा केन्द्र र परीक्षार्थीको सिम्बोल नम्बर :

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  १२ : १५ बजे

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ