कुवेरको एजुकेसनल भिडियोमा अनमोल | Khabarhub Khabarhub

कुवेरको एजुकेसनल भिडियोमा अनमोल


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं — अभिनेता अनमोल केसी एम्पाएर इन्टरनेशनल एजुकेशन एण्ड भिजा सर्भिसेससँग जोडिएका छन् । एक वर्षको लागि अनुबन्धित भएका अनमोलले फोटोसुट, टिभीसी (टेलिभिजन कमर्सियल)सँगै एम्पाएरले गर्ने विभिन्न सचेतनामुलक शैक्षिक इभेन्टमा सहभागी हुनेछन् ।

उनले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई एम्पाएरको तर्फबाट सहि सूचना पुर्याउने छन् । अनमोलले एम्पाएरको लागि फोटोशुटसँगै केही दिन अगाडी मात्र टिभीसी शुट गरिसकेका छन् । उनको टिभीसीलाई शैक्षिक शैलीमा तयार गरिएको सञ्चारकर्मी तथा निर्देशक कुवेर डंगोलले बताए । केही समय अगाडि डंगोलसँगै फोटोशुट सम्पन्न गरेका अनमोलले टिभीसीको काम पनि सकाएका छन् ।

‘हामीले टिभीएडको लागि २५ सेकेण्ड लम्बाई रहेको भिडियो तयार पारेका छौँ । यहाँ अस्ट्रेलिया पढ्न चाहने विद्यार्थीहरुको लागि छोटो सन्देश छोडिएको छ’ निर्देशक डंगोलले भने । टिभीसीमा अनमोललाई क्याजुअल लुक्समै सरल तरिकाले प्रस्तुत गरिएको छ । एम्पाएरले विद्यार्थीलाई दिदै आएको सेवालाई ध्यानमा राख्दै टिभीसी तयार गरिएको निर्देशक डंगोलले जनाए । रंग पत्रकार राजन घिमिरेको कन्सेप्टमा तयार भएको टिभीसीमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन तथा कलर रहेको छ ।

पछिल्लो पुस्ताका महंगा अभिनेता अनमोलले उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया जाने विद्यार्थीहरुलाई एम्पाएरसँग जोडिएको जानकारी शेयर गर्नेछन् । केही समय यता विभिन्न ब्राण्डसँग जोडिएका अनमोलले आफ्नो फलोअर्समार्फत विद्यार्थी माँझ सही जानकारी पु¥याउने उद्देश्यका साथ एम्पाएरको ब्राण्ड एम्बेसडर बन्न तयार भएको बताएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ८ : ५९ बजे

चालु आर्थिक वर्षमा सप्तरीमा १३ वटा पुल निर्माण

सिरहा– चालु आर्थिक वर्षको नौ महिनामा सप्तरीमा ६ वटा पुल

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । बिहीबार

२० वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति

बागलुङ– अछेते–भिमापोखरा सडक स्तरोन्नति गरिएको छ । उक्त सडकको पाँच

आवासीय चिकित्सकहरूको आन्दोलन जारी, आकस्मिक बाहेकका सबै सेवा ठप्प

काठमाडौं– आन्दोलनरत आवासीय चिकित्सकहरूले आज आकस्मिक बाहेकका सबै सेवा ठप्प

धनगढी–खुटिया सडकखण्डमा पक्की पुल बन्दै

कैलाली– धनगढी–खुटिया–बीपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले खण्डमा दुईवटा पक्की पुलको निर्माण प्रारम्भ