माल्टामा एक नेपाली युवाको सवारी दुर्घटनामा मृत्यु  « Khabarhub

माल्टामा एक नेपाली युवाको सवारी दुर्घटनामा मृत्यु 


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – माल्टामा एक नेपाली युवाको सवारी दुर्घटनामा परी मृत्यु  भएको छ।

मर्सामा स्क्र्याप धातु बोकेको ट्रक बिजुलीको पोलमा ठोक्किँदा पल्टिँदा नेपालगञ्जका २८ वर्षीय अजय श्रेष्ठको मृत्यु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) माल्टाले जनाएको छ ।

माल्टाको एल्डो मोरो सडकमा बिहान ११ : ३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । माल्टा प्रहरी प्रारम्भिक अनुसन्धानबाट, बोर्मलाका ५६ वर्षीय पुरुषले चलाएको डफ ट्रक केन्द्रीय पट्टीमा ठोक्किएर पल्टिएको निष्कर्ष निकालेको छ।

मोटरसाइकल चालकलाई घटनास्थलमा नागरिक सुरक्षा विभागका सदस्य र मेडिकल टोलीले सहयोग गरेका थिए । उनलाई एम्बुलेन्समा मेटेरदेई अस्पताल लगिएको केही बेरमै चिकित्सकले मृत्यु भइसकेको बताएका थिए।

उनी खाना ढुवानी गर्ने कुरियरको काम गर्दै आएका थिए । एनआरएनए माल्टाले श्रद्धाञ्जली व्यक्त गर्दै  श्रेष्ठको निधन भएको ठाउँमा दीप प्रज्वलन  गरेको छ ।

शव नेपाल पठाउन आर्थिक सहयोग संकलन अभियान चलाइएको एनआरएनएले जनाएको छ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ६ : ३६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै