कतारमा घरेलु कामदार ओसारपसार गर्ने तीन जना पक्राउ « Khabarhub

कतारमा घरेलु कामदार ओसारपसार गर्ने तीन जना पक्राउ


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : कतारमा घरेलु कामदार ओसारपसार गर्ने एसियाली मुलुकका तीन जनालाई पक्राउ गरिएको छ ।

कतारको राहदानी महानिर्देशनालयको सच एण्ड फलो अनुगमन विभागले घरेलु कामदारको ओसारपसार, आश्रय र काममा लगाएको आरोपमा एसियाली मुलुकका तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

घरेलु कामदारको सम्बन्धमा सामाजिक सञ्जालमा शंकास्पद विज्ञापन गरी आवश्यक अनुमति लिएर र सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरी धेरै घरेलु कामदारलाई आश्रय दिएको आरोपमा विभावले रंगेहात पक्राउ गरेको हो ।

सोधपुछका क्रममा अभियुक्तहरूले आफूमाथि लागेको आरोप स्वीकार गर्दै सामाजिक सञ्जालमा प्रकाशित विज्ञापनहरूमार्फत घरेलु कामदारलाई कसरी आश्रय दिने र काम गर्ने भन्ने विवरण दिएका थिए ।

सोही अनुसार अभियुक्तहरुलाई यस सम्बन्धमा थप कानुनी प्रक्रिया अगाडि बढाउन सार्वजनिक अभियोजनमा पठाइएको विभावले जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ९ : ०० बजे

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ

गड्यौलाकाे मल बेचेर २५ लाखसम्म आम्दानी

दाङ–  तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिसभा